दैलेख र अछामको सिमा क्षेत्रको झोलुङ्गे पुलमा अड्किएका ९ खच्चरको उद्धार( पूरा भिडियोसहित)

काठमाडौँ । दैलेख र अछाम जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलङ्गे पिङको लट्ठा चुँडिदा फसेका १३ मध्ये ११ वटा खच्चरको उद्धार भएको छ ।सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा ११ वटा खच्चरकाे उद्धार भएकाे दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले जानकारी दिनुभयो । उद्धारका क्रममा २ वटा खच्चर मरेका छन् । फसेका खच्चरलाई पुलबाटै उद्धार गर्न सम्भव नभएपछि तार काटेर खच्चरलाई नदीमा खसालेर उद्धार गरिएको हो ।

ads

आज बिहान अछामको पञ्चदेवलबाट दैनिक उपभोग्य सामग्री लिन दैलेखको राकम बजार आउँदै गरेका खच्चर झोलुङ्गे पुलको एकतर्फको लट्ठा चुँडिदा पुलमै फसेका थिए । पुलको लट्ठा चुँडिदा दुई जिल्लाको आउजाउ पनि बन्द भएको छ । दुवै जिल्लाका प्रहरी, सशस्त्र प्रहरीलगायतको टोली खच्चरको उद्धारमा खटिएको थियो ।

यो पुलले अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ९ र दैलेखको आठबीस नगरपालिका वडा नम्बर ४ लाई जोड्छ ।

Share the post

Leave a Reply

Your email address will not be published. Required fields are marked *