समाचार

ईःलाई बालेनको जवाफ : तपाईंको माग पूरा गर्ने अधिकार मसँग छैन
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फुटपाथमा व्यवसाय गरिरहेकाहरुलाई वैकल्पिक व्यवस्था गर्नुपर्ने माग सम्बोधन गर्न नसक्ने बताएका छन् । ९ दिनदेखि राष्ट्रियसभा गृह अगाडि उभिएका अभियन्ता ईःसँग भएको वार्ता असफल भएको भोलिपल्ट बालेनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । फुटपाथ, बाटो तथा राइट अफ वे मा व्यापार गर्नु गैरकानुनी भएको भन्दै भनेका छन्, ‘यसमा […]
पूरा पढ्नुहोस्
याद राख चोर सरकार: मेयर बालेन्द्र शाह
काठमाडौं । शनिबार राति सामाजिक सञ्जाल फेसबुक मार्फत एक सन्देश शेयर गर्दै काठमाण्डौ महानगरपालिका प्रमुख बालेन्द्र शाहले संघीय सरकारलाई ‘चोर सरकार’ को संज्ञा दिएका छन् ।प्रमुख बालेन शाहले सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन् । ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु’ उनले लेखेका छन्, ‘याद […]
पूरा पढ्नुहोस्
शरणार्थी प्रकरणको छानविन अमेरिकाको दवाबमा भएको हो :एमाले महासचिव पोखरेल
काठमाडौँ / नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरण सरकारको चाहनाले भन्दा पनि अमेरिकाको दवाबमा छानविन अगाडि बढेको आरोप लगाउनुभएको छ । आज सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरूसँग ‘कफी र कुरा’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सरकारकै डिजाइनमा भ्रष्टाचारका काम भइरहेकाले एमालेले संसद् अवरोध गरेको बताउनुभएको हो । सरकारले जे गरिरहेको छ, यसरी देश चल्छ […]
पूरा पढ्नुहोस्
काठमाडौंबाट बेनी जाँदै गरेको बस त्रिशूलीमा खस्दा ८ जनाको मृत्यु
काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका-२ मा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा परी ८ जनाको मृत्यु भएको गौतमले जानकारी दिए। मृतकमध्ये २ जना महिला र […]
पूरा पढ्नुहोस्
गुणस्तरमा एक वर्षमा १२१ उद्योगविरुद्ध मुद्दा
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक वर्षको अवधिमा कम गुणस्तरका खाद्य पदार्थ उत्पादन र बिक्री गरेको आरोपमा १२१ उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा देशका विभिन्न स्थानमा रहेका यी उद्योगले कम गुणस्तरको तथा दूषित चामल, चामल, पिठो, चाउचाउ, दही, मदिरा, कुखुराका दानालगायतका पदार्थ उत्पादन गरेको पाइएपछि कारबाही गरिएको […]
पूरा पढ्नुहोस्
काठमाडौं महानगरको कार्यपालिका बैठकको लाइभ बन्द
काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका वैठकमा विवाद भएको छ । कार्यपालिका वैठकमा पेश भएका २१ प्रस्तावमध्ये अन्तिममा रहेको विविध शीर्षकमा छलफल हुँदा विवाद भएको हो । वडाध्यक्षहरुले विविध शिर्षकको छलफल सुरु भएपछि विभागीय समितिले मागेको योजना बजेटमा नपरेको, वडाले माग्दै नमागेको बजेट वडामा दिएको भन्दै प्रश्न उठाएका थिए । केही कार्यपालिका सदस्यहरुले महानगरकी उपप्रमुख सुनिता […]
पूरा पढ्नुहोस्
सुन तस्करी काण्डमा सीआईबी माओवादी नेतातर्फ केन्द्रित हुँदै
काठमाडौं । विमानस्थल बाहिरबाट बरामद भएको ६० किलो सुनको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिनको दायरालाई फराकिलो बनाउँदै लगेको छ ।उक्त सुनकाण्डका मुख्य योजनाकार दावा छिरिङ रहेको र उसको सम्बन्ध खास गरी नेकपा माओवादी केन्द्रका नेताहरूसँग देखिएकाले उक्त सुनकाण्डले नयाँ मोड लिने देखिएको छ । सोअनुसार सीआईबीले आफ्नो अनुसन्धान पनि केही माओवादी नेतातर्फ […]
पूरा पढ्नुहोस्
तस्करी गरिएको सुनको तौल ६० किलो ७८९ ग्राम
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद सुन जोख्दा ६० किलो ७८९ ग्राम भएको छ ।नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार ब्रेक शुबाट सुन छुट्टयाएर जोख्दा ६० किलो ७८९ ग्राम भएको हो ।राजस्व अनुसन्धान विभागले तीन साउनमा सिनामंगलबाट सुन सहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । मोटरसाइकल र […]
पूरा पढ्नुहोस्
आतंककारी गृहमन्त्री एक मिनेट पनि पदमा बस्न मिल्दैन : सुनिल शर्मा
काठमाडौं। नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले सुन तस्करहरुका संरक्षक उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महत नै रहेको ठोकुवा गर्नुभएको छ । सत्तारुढ दल कांग्रेसका सांसद शर्माले आफूले सुन तस्करीबारे बोलेकै कारण गृहमन्त्रीले तस्कर समुह जोगाउनकै लागि आफूलाई झुटो आरोप लगाएर आतंककारी शैलीमा पक्राउ गरेको बताउनु भयो । ‘सुन तस्करहरुका संरक्षक […]
पूरा पढ्नुहोस्
अब हामी सरकारविरुद्ध संघर्ष गर्छौं : झलनाथ खनाल
काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीनिकट खेलकुद संगठनलाई राखेपमा समावेश नगरेको भन्दै सरकारविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा नेपाल खेलकुद महासंघ समाजवादीको केन्द्रीय भेला उद्घाटन गर्दै खनालले खेलकुद महासंघलाई राखेपमा अहिलेसम्म समावेश नगरिएको भन्दै सरकारविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका हुन् । उनले सरकारलाई समर्थन गरिरहको पार्टीको संगठनलाई राखेपमा समावेश […]
पूरा पढ्नुहोस्