×

चन्द्र भण्डारी र सुनील शर्मा भन्छन् : पार्टी विभाजन हुन दिंदैनौं

खालीपाना न्युजडेस्क | ६ महिना अगाडि

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कुनै पनि हालतमा पार्टीलाई विभाजन हुन नदिने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित विशेष महाधिवेशनसम्बन्धी संयुक्त पत्रकार सम्मेलनमा उनले अहिले पार्टीभित्र विवादको अवस्था सिर्जना भएको र पार्टी फुट्ने हो कि , टुक्रिने हो की भन्ने प्रश्न उठेको भन्दै कुनैपनि हालतमा पार्टीलाई विभाजन हुन नदिने बताए ।
उनले भने, ‘नेपाली जनताको निराशा पैदा भएको बेला काङ्ग्रेस पार्टीभित्रको विवादले झन् दुःख पैदा गरेको छ । पार्टीमा जुन विवाद आइ रहेको छ, यस्तोबेला हाम्रो भूमिका के हो भन्ने प्रश्न सबैमाथि उठेको छ । पार्टी फुट्ने होकि, टुक्रिने हो की भन्ने पनि छ । देशभर भएका साथीहरुलाई के आग्रह गर्न चाहन्छौं भने कुनैपनि हालतमा पार्टीलाई विभाजन हुन दिदैँनौ ।’
अहिले जुन विशेष महाधिवेशनको नाममा देशभरबाट आएका सदस्यहरुलाई उत्साहित गर्दै चार महिना पछि हुने महाधिवेशनमा आउन आग्रह गर्ने पनि उनको भनाई छ ।
उनले पार्टीलाई विभाजन नगरी इतिहासले दिएको कुरालाई अगाडि लान पनि आग्रह गरेका छन् ।
सोही क्रममा नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले संस्थापन पक्षले विधानको व्यवस्थालाई बेवास्था गरेको कारणले आज भीरमा गएर काङ्ग्रेस अड्किएको बताए ।
उनले भने, ‘५४ प्रतिशत साथीहरुले मुलुकभरबाट विशेष महाधिवेशनको बारेमा छलफल गरौं भनेर विधानसम्मत हिसाबले छलफल गरेको अवस्थामा विधानको व्यवस्थालाई बेवास्था गरेर संस्थापन पक्षले कमजोरी गरेको छ । जसका कारण आज अवस्था यस्तो भयो कि एउटा डिलमा भीरमा गएर काङ्ग्रेस पार्टी अड्किएको अवस्था छ ।’
साथै, उनले यस विषयमा रात दिन निन्द्रा, भोक र प्यास नभनी एक हप्तादेखि लागि परेको पनि उनको भनाई छ ।
उनले भने, ‘हामी एक हप्तादेखि बिहानको २ बजेसम्म छलफल गरेर मात्र सुत्ने गरेका छौं । न निन्द्रा, न भोक, न प्यास । तर उपलब्धी निर्णायक ठाँउमा पुगेको छैन् । सेमीफाइनलको अवस्थामा पुगेका छौं । हामीले गगनजी, विश्वप्रकाशजीलगायत अन्य साथीहरुलाई भेटेर छलफल गर्ने क्रममा छौ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.