×

अनेरास्ववियु बागमती प्रदेश निवर्तमान अध्यक्ष लाल बहादुर बुढाथोकी (बागमती प्रदेश भुगोल- युवा) एमाले केन्द्रीय सदस्यमा डेब्यू गर्ने तयारीमा

खालीपाना न्युजडेस्क | १ महिना अगाडि

नेकपा (एमाले) को ११औँ महाधिवेशनमा अनेरास्ववियु बागमती प्रदेशका निवर्तमान अध्यक्ष लाल बहादुर बुढाथोकी (एल.बी.) ले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गर्दै औपचारिक रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

बागमती प्रदेश भूगोल अन्तर्गत ४० वर्ष मुनिका युवामध्ये अत्यन्त प्रभावशाली र संगठित नेताको रूपमा चिनिएका बुढाथोकी लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका छन्। उनले २०५७ सालदेखि संगठित रूपमा नेकपा (एमाले) को राजनीतिमा प्रवेश गर्दै अनेरास्ववियुका पालिका, जिल्ला हुँदै बागमती प्रदेश अध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन्।

अनेरास्ववियु बागमती प्रदेश अध्यक्षको कार्यकालमा उनले संगठनलाई मजबुत बनाउँदै स्ववियु निर्वाचनमा बागमती प्रदेशकै प्रथम जित हासिल गर्न महत्वपूर्ण भूमिका खेलेका थिए। संगठन विस्तार, नेतृत्व विकास र अनुशासित कार्यशैलीका कारण उनी विद्यार्थी आन्दोलनभित्र मात्र होइन, पार्टीभित्र पनि भरोसायोग्य नेताका रूपमा स्थापित छन्।

पार्टीलाई संकट परेका प्रत्येक क्षणमा उनले सदैव रक्षात्मक र प्रतिबद्ध भूमिकामा उभिएर संगठन जोगाउने काम गर्दै आएका छन्। नेकपा विभाजनको कठिन समय होस् वा पछिल्ला विभिन्न राजनीतिक घटनाक्रमहरूमा पार्टी संकटमा पर्दा उनले निरन्तर पार्टी हितलाई प्राथमिकतामा राख्दै सक्रिय भूमिका निर्वाह गरेका थिए।

यही योगदान, अनुभव र युवा ऊर्जाको मूल्यांकनस्वरूप यसपटक नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा डेब्यू गर्ने बलियो सम्भावना बनेको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x