×

पुल निमार्ण भएको ६ महिना सम्मपनि जग्गाको मुआब्जा नपाउँदा स्थानिय द्वारा पुल सञ्चालनमा रोक

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

मुगु । मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिका–१ अल्का साँघुका स्थानियले गमगाढ खोलामा पक्की पुल निर्माण भएको ६ महिना सम्म पनि जग्गाको मुआब्जा नपाएको भन्दै पुल सञ्चालनमा रोक लगाएका छन् ।गमगाढ खोलमा पुल निर्माण गर्दा स्थानियहरुको जग्गा समेत क्षति भएकाले स्थानियले त्यसको मुआब्जा माग गर्दै आएका छन् । गमगढी नाक्चेलाग्ना सडक अर्न्तरगत अल्कासाँघुस्थित गमगाढ खोला माथि बनेको यो पुलको छेउमा रहेको जग्गा स्थानीय धनबहादुर मल्लको ५८८.७५ वर्ग मिटर खेति योग्य जमिन प्रयोग गरेर बनाइएको हो ।

पुल निर्माण सुरु हुँदा नगरपालिका र जग्गाधनीबीच मुआब्जा दिने सहमति भएको थियो । तर निर्माण सकिएपछि पनि मुआब्जा नपाएपछि मल्लले पुल सञ्चालनमा अवरोध गरेका हुन् ।नगर प्रमुख बिष्णुकुमार भामले जग्गा विवादका कारण जोखिमपूर्ण ठाउँमा पुन नबन्ने देखेपछि दुवै पक्षसँग आवश्यक सहजीकरण गरी जग्गाधनीलाई नगरपालिकाले आवश्यक क्षतिपूर्ति दिने सहमति गरेपछि पुल निर्माण प्रक्रिया अघि बढेको थियो ।जग्गाधनी मल्लले क्षतिपूर्ति बापत मुआब्जा नपाएको भन्दै मोटरेबल पुल बाट मानिसको आवत जावत भएपनि सवारी साधन चल्नमा भने पुर्ण रुपमा रोक लगाएका छन् ।

नगरपालिका र मल्लबीच २०८० मङ्सिर ५ र २०८१ वैशाख ३ गते दुई पटक सहमति भएको थियो । सोही आधारमा सडक डिभिजन कार्यालय जुम्लाको ठेक्कामा हिम सगरमाथा कन्स्ट्रक्सनले ८ करोडको लागतमा ४० मिटर लम्बाई रहेको पुल बनाएको हो ।जग्गाधनी मल्लले भने, ‘सम्झौतामा हस्ताक्षर गर्न नगरपालिकाले दबाब दियो, मुआब्जा दिने बेला भने बेवास्ता गर्‍यो । अब मेरो जमिन प्रयोग गरेर खेतीपाती गर्छु । मुआब्जा नपाएसम्म पुल चल्न दिन्न ।’

नगरप्रमुख विष्णुकुमार भामका अनुसार सडक विभागले पुल र सडकजस्ता संरचनामा प्रयोग हुने निजी जग्गाको मुआब्जा दिने नीति नराखेकोले समस्या भएको हो । ‘हामीले विपद् व्यवस्थापन कोषबाट राहत स्वरूप रकम उपलब्ध गराएर समस्या समाधान गर्ने तयारीमा छौं ।’ उनले भनेपुल सञ्चालनमा नआउँदा गमगढी बजार हुँदै मुगुमकार्मारोङ्ग गाउँपालिकातर्फ जाने यात्रुहरू मर्कामा परेका छन् । छाँया क्षेत्रधाममा साउन महिना सुरु भएसँगै भक्तजनको घुइँचो लाग्ने गरेको छ । तर पुल बन्द हुँदा भक्तजनलाई कम्तीमा १७ किलोमिटर बाटो पैदलै हिँड्नुपरेको छ ।

गत वर्ष यसै स्थानमा काठको लाप्कोबाट खोला तर्दै गर्दा ८ जना यात्रु खोस्रिएर बचेका थिए। त्यसपछि दबाबकै कारण तत्कालीन ठेकेदारले पुल बनाएको हो । उक्त पुलले नेपाल–चीनको नाक्चेलाग्ना नाकासम्म पुग्ने ८७ किलोमिटर सडकलाई जोड्ने योजना छ। हालसम्म गमगढी बाट मुगुम् कार्मारोङको छाईल सम्म १७ किलोमिटर मात्र ट्याक खोलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.