लन्डन । नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालसामु क्षेत्रीय ऊर्जा केन्द्र बन्ने अवसर आएको तर त्यसकालागि सही नीति र नेतृत्व हुनु पर्ने बताएका छन्।
हाल बेलायतको भ्रमणमा रहेका घिसिङले दक्षिण पूर्वी लन्डनमा आयोजित ’नेपालको उर्जा क्षेत्रका चुनौती र सम्भावना’ विषयक एक नीतिगत छलफलमा भाग लिंदै करिब एक दशक अघि नेपालमा दैनिक १८ घण्टासम्मको लोडसेडिङ भोग्नु परेको तर संस्थागत सुधार, दक्ष ऊर्जा व्यवस्थापन, र सेवाप्रति प्रतिबद्धताबाट लोडसेडिङ अन्त्य गर्न सफलता मिलेको बताए ।
‘नेपालको विद्युत पहुँच ५६% बाट झण्डै १००% पुग्यो, र विद्युत प्राधिकरण घाटाबाट नाफामा पुगेको छ, जसले प्रसारण र उत्पादनमा फेरि लगानी गर्न सम्भव बनाएको छ । आज नेपाल भारत र बङ्गलादेशमा बिजुली निर्यात गर्ने मुलुक बनेको छ र झण्डै शत प्रतिशत ऊर्जा नै स्वच्छ र नवीकरणीय स्रोतबाट प्राप्त भएको हो ।’
नेपालको जलविद्युत यात्रा ११५ वर्षअघि १९११ मा फर्पिङ जलविद्युत र १९३९ मा सुन्दरीजल जलविद्युत आयोजनाबाट ब्रिटिश सहयोगमै सुरु भएको उनले स्मरण गरे। । ‘आज ३,८०० मेगावाटभन्दा बढी स्थापित क्षमता र हजारौँ मेगावाट पाइपलाइनमा छन्। हाम्रो लक्ष्य २०३५ सम्ममा २८,५०० मेगावाट पुर्याउने र त्यसमध्ये १५,००० मेगावाट निर्यातका लागि छुट्याउने हो’
‘भारतसँग दीर्घकालीन विद्युत व्यापार सम्झौता भइसकेको छ, बङ्गलादेशमा पनि निर्यात सुरु भइसकेको छ, जसले भुटानसहितको क्षेत्रीय ऊर्जा मार्ग खोलिरहेको छ। चीनसँग भविष्यमा जोड्ने सम्भावना पनि छ’उनले भने।
भारत र बङ्गलादेशलाई स्थिर र स्वच्छ बिजुली चाहिएकोले नेपाललाई क्षेत्रीय ऊर्जा केन्द्र बन्ने अवसर दिएको घिसिङले बताए। हाम्रो जलविद्युतले सौर्य–निर्भर ग्रिडलाई सन्तुलन दिन सक्छ, उत्सर्जन घटाउन सक्छ, र विकासको लागि उत्प्रेरकको काम गर्दछ । नेपालले हरित हाइड्रोजनलाई भविष्यको ऊर्जा स्रोत र औद्योगिक प्रयोगका लागि पनि अध्ययन गरिरहेको पनि उनले जनाए।
जलवायु परिवर्तनको चुनौतीसंग जुध्न नेपाललाई अन्तरराष्ट्रिय सहायता आवश्यक रहेको पनि उनले बताए ।
आफ्नो कार्यकाल चार महिना मात्रै बाँकी रहँदा अनपेक्षित रूपमा पदबाट हटाइएको प्रसङ्ग उल्लेख गर्दै घिसिङले यसले राजनीतिक अस्थिरता र जवाफदेहिताको कमीतर्फ इंगित गरेको बताए।
‘नेपालका युवाहरू परिवर्तन चाहन्छन्। उनीहरूलाई परिणाम दिने नेतृत्व चाहन्छन् । यही कारण म उज्यालो नेपाल अभियान मार्फत आफ्नो यात्रालाई निरन्तरता दिइरहेको छु ।’उनले भने।
कार्यक्रममा युसीएल इन्सटिच्युट अफ एजुकेशनका प्राध्यापक डा तेजेन्द्र फेरालीले शिक्षाका लागि विद्युत पूर्वाधार हो भन्दै लोडशेडिंग अन्त्य गर्न घिसिङको नेतृत्व र योगदानको प्रशंसा गरे।
उक्त अवसरमा विश्व चेसका ग्रयाण्ड मास्टर ७७ वर्षीय रेमण्ड कीनले घिसिङलाई सम्मान पत्र तथा टोनी बुजन मेडल प्रदान गरे। कार्यक्रममा ब्रिटिश संसदको माथिल्लो सदन हाउस अफ लड्र्सका सदस्य लर्ड रामी रेञ्जरको तर्फबाट उनका सहयोगी अत्ता हकले छोटो मन्तव्य राखेका थिए। पानस हेल्पिङ्ग ह्यान्डका सुजन कटुवालले सबैलाई धन्यवाद दिएका थिए ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.