×

लिपुलेक विवादमा माओवादी सुदूरपश्चिमको ध्यानाकर्षण, कूटनीतिक पहल गर्न माग

खालीपाना न्युजडेस्क | १० महिना अगाडि

नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिमले लिपुलेक क्षेत्रसम्बन्धी विवादलाई प्रधानमन्त्रीको आसन्न भारत तथा चीन भ्रमणमा शीर्ष प्राथमिकतामा राख्न आग्रह गरेको छ।

प्रदेश इञ्चार्ज तथा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले विज्ञप्ति जारी गर्दै भारत–चीनबीच दार्चुलाको भूभाग प्रयोग गरी व्यापारिक मार्ग सञ्चालन गर्ने सहमति नेपालमाथिको स्पष्ट हस्तक्षेप भएको बताएका छन्।

चीनका विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा भदौ ३ गते दुई मुलुकबीच लिपुलेक र नाथुला पासमार्ग हुँदै सीमापार व्यापार गर्ने सहमति भएपछि माओवादी सुदूरपश्चिमले आपत्ति जनाएको हो।

विज्ञप्तिमा भनिएको छ, “नेपाललाई वेवास्ता गर्दै भारत र चीनले नेपालको नक्साभित्र पर्ने भूभागलाई व्यापारिक प्रयोजनमा प्रयोग गर्ने निर्णय हाम्रो सार्वभौमसत्तामाथि नाङ्गो अतिक्रमण हो।”

पोखरेलले ती भूभाग अझै भारतको नियन्त्रणमा रहेकाले कूटनीतिक वार्ता र छलफलमार्फत फिर्ता ल्याउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन्। उनका अनुसार, ऐतिहासिक प्रमाण र दस्तावेजलाई आधार बनाएर प्रधानमन्त्रीले आसन्न भारत–चीन भ्रमणलाई अवसरको रुपमा प्रयोग गर्नुपर्नेछ।

माओवादी सुदूरपश्चिमले यस विषयमा सर्वदलीय र सर्वपक्षीय सहमति जुटाएर राष्ट्रिय म्यान्डेटसहित वार्ता गर्न सरकारलाई अनुरोध गरेको छ। साथै, भारत–चीनबीच सम्बन्ध सुधारिनु सकारात्मक भए पनि नेपालको सार्वभौमिकता र स्वाभिमानमा आँच आउने खालका सम्झौता अस्वीकार्य हुने स्पष्ट चेतावनी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.