×

रास्वपा कोशी महामन्त्रीले आफुखुसी चन्दा रसिद छपाई पैसा उठाएको खुलासा,केन्द्रिय नेताको संरक्षणले गर्दा हुदैन कार्वाही

खालीपाना न्युजडेस्क | ८ महिना अगाडि

विवादित छविका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश महामन्त्री लालबिक्रम थापाले केन्द्रिय समितिलाई जानकारी नदिई पार्टीको नीति विपरित कोशीका जिल्लाहरुबाट चन्दा उठाएको खुल्न आएको छ ।

इटहरीको आइतबारेमा कोशी प्रदेशको सम्पर्क कार्यालय स्थापना गरेका थापाले केही समय अगाडि पार्टीको नीति विपरित मनोमानी तरिकाले रसिद नै छपाएर चन्दा उठाएको खुल्न आएको हो । उनले २० हजार रसिद छपाई आफ्नो सहि गराई कोशी प्रदेशका जिल्लाहरुमा चन्दा उठाउनका लागि ठेलीका ठेली पठाएका थिए ।

सदस्यका स्रोतका अुनसार थापाको निर्देशनमा केही जिल्लाबाट १ सयको दरले २ लाख रुपियाँ चन्दा उठाएर झ्याम पारेका छन । पार्टी सदस्यले नगदी रसिद किन प्रयोग गर्एिको हो ?  यो त पार्टीको नीति विपरीत किन यस्तो कार्य गर्नुभयो ? भन्दै प्रश्न गर्दा थापाले केही प्रश्नकर्तालाई नै कारवाही समेत गरेको खुल्न आएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रले नगदी रसिद प्रयोग नगरको अवस्थामा पार्टीलाई गुमराहमा राखी मनोमानी ढंगबाट पार्टी सदस्यहरुसँग पैसा असुल्ने काम भएको बुझिएको छ । पार्टी सदस्य बन्नको लागि राष्ट्रिय स्वतन्त पार्टीले सिधैं अनलाईन मार्फत पार्टी सदस्य बन्न पाउने भन्दै अनलाईन पोर्टल खोलेकोे थियो । शुरुमा सदस्यताबापत १ हजारका दरले सदस्यता शुल्क राखिएको थियो । प्रदेश तथा जिल्ला नगरमा यस बिषयमा बढी भयो भन्दै चौतर्फी दबाब पश्चात इच्छा अनुसार सहयोग गर्न सक्नु हुनेछ भन्ने व्यहोरा  पार्टीको पोर्टलमा राखिएको थियो ।

यसरी हालपनि पार्टीको सदस्यता लिनको लागि तपाईलाई कुनै करकाप विना इच्छाले १० देखि १ हजार रुपैयाँसम्म सहयोग गर्न सक्नु हुन्छ भनि राष्ट्रिय स्वतन्त्र पार्टीको पेजमा राखिएको छ ।

तर कोशी प्रदेशका महामन्त्रीले पार्टीको नीति विपरित मनोमानी ढंगले  नगदी रसिद छपाई गरी आफ्नै हस्ताक्षरमा सोझा सिधा जनतासँग पैसा असुल्ने काम गरेका छन् ।  पार्टी कार्यकर्ता स्रोतका अनुसार कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा नगदी रसिद पठाएर पैसा असुली गरेको केन्द्रमा सूचना पुगेपछि थापाले जिल्लामा पठाएका रसिद मगाएर तत्काल ढाकछोप गरेका थिए ।

प्रदेश महामन्त्री थापाको फटाईका बारेमा केन्द्रिय नेताहरुलाई इमान्दार कार्यकर्ताहरुले बारम्बार लिखित पत्राचार गर्दासम्म  केन्द्रिय स्तरका नेताहरुले  कुनै चासो नराखि पन्छिदै आएका छन् । केन्द्रका नेताहरुले थापाकै कुरा मात्र सुनेर उनलैलाई संरक्षण गर्दै आएका छन् ।

छोटो समयमा संसदमा चौथो दलको रुपमा आफुलाई स्थापित गर्न सफल भएको यस पार्टीमा पछिल्लो आन्तरिक विवाद झाँगिदै गएको देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी सुनसरीका एक सदस्यले हामीलाई जानकारी दिए अनुसार कोशी प्रदेशमा प्रत्येक जिल्लामा साना साना विवादहरु बढ्दै गएका छन् ।  कोशी प्रदेशकै सुनसरी जिल्लामा देखिएको असमझदारीले चुलिएको विवाद अदालतको ढोकासम्म पुगेको थियो ।

कोशी प्रदेशका महामन्त्री  थापाले एकलौटी ढंगबाट पार्टीलाई अगाडि बढाउने काम गरिरहेको पार्टीलाई विवादीत बनाएर इटहरीको अधिवेशन प्रक्रिया नपु¥याई गरेको खुल्न आएको छ । सो बिषयले सेलाउन नपाउँदै थापाको अर्को फट्याँई बाहिर आएको हो । उनी विरुद्ध इटहरीकै जनता माध्यामिक विद्यालयको जग्गा भाडामा लिएर ७२ लाख भाडा वापतको रकम नतिरेर मिलेमतोमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारमा उजुरी समेत दर्ता भएको छ । उजुरीमाथि अख्तियारको केन्द्रिय कार्यालय टङ्गालले समेत चासो राखेको बुझिएको छ । अख्तियार इटहरीमा परेको उजुरीका बिषयमा छानविन थालिएको छ ।

महामन्त्री थापाले यो पार्टीको आन्तरिक कुरा हो । जसलाई भन्नु पर्ने हो ,म उसैलाई भन्छु । तपाईलाई भन्न जरुरी छैन् भन्ने प्रतिक्रिया दिए । उनले हाम्रो पार्टीका आन्तरिक कुरा खोज्न किन लागिरहनुहुन्छ ? भन्ने प्रति प्रश्न गरे । उनले पार्टीका आन्तरिक कुरा रेकर्ड गरेर छताछुल्ल पार्नु हुन्छ किन भन्ने थप प्रश्न समेत गरे ।

रास्वपाका कोशी प्रदेश इन्र्चाज सन्तोष परियारले थापाले पार्टीको नीति अनुसार नै कोशीमा काम गरिरहेको दावी गरे । पार्टीको हित नचाहाने केही व्यक्तिहरुले इगोको राजनिति गरेका कारण केही विवादहरु सृजना भएको बताए । उनले अराजकहरुलाई पार्टीले कुनै स्थान नै नदिने बताए । केहीले राजीनामा दिँदैमा पार्टीलाई कुनै क्षति नपुग्ने ठोकुवा नै गरे । भखरै खुलेको पार्टीलाई राम्रो बनाउनुको साटो सुनसरीको हकमा के केन पाईन्छ र गुमाइन्छ भन्न ठानेरले उसले उसलाई उजुरी हालेको छ,खुइल्याएको छ । यस्ता कार्यले पुराना पार्टीभन्दा हामी नयाँ कसरी राम्रा नयाँ भयौ त ? भन्ने. प्रश्न गम्भिर रुपमा उठाउन जरुरी रहेको परियारले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.