×

दलित महिला बलात्कार, पैसाको बल र राजनीतिक पहुँचमा खुर्सैदलाई उन्मुक्तिको प्रयास, न्याय नपाए आत्महत्या गर्ने पीडितको चेतावनी ।

खालीपाना न्युजडेस्क | ९ महिना अगाडि
रौतहट, ३२ असार । नेपालमा लोकतान्त्रिक संविधान आएको वर्षौं बितिसक्दा पनि दलित महिला, गरिब, असहाय र अल्पसंख्यक समुदायमाथि भइरहेको अत्याचार, बलात्कार र दमनका घटनाले मुलुकको न्यायिक र सामाजिक संरचनामाथि गम्भीर प्रश्न उठाइरहेका छन्।
पछिल्लो उदाहरण रौतहटको राजपुर नगरपालिका ३ बलुवा गाउँकी ३० वर्षीया दलित महिला (उपनाम) शरना देवी राम चमारमाथि भएको बलात्कारको घटना हो, जसमा आरोपी खुलेआम समाजमा घुमिरहेछन्, तर पीडित न्यायको खोजीमा दरबारदेखि चौकीसम्म धाइरहेकी छन्।
पीडित शरना देवी रामले पारिवारिक सम्पत्तिको विवादमा गाउँका भलाद्मीहरूसँग मिलेर आपसी छलफलको पहल गरेकी थिइन्। त्यही सिलसिलामा गाउँकै ६० वर्षीय खुर्सैद खाँ पैठानले आफ्नो हैसियत, धन र प्रभावको दुरुपयोग गर्दै महिलाको नम्बर लिएर निरन्तर यौन प्रस्ताव, धम्की र प्रलोभन दिन थाले। अन्ततः २०८१ जेठ २५ गते उनले घर नजिकैको बाँसघारीमा महिलामाथि जबर्जस्ती बलात्कार गरे। हातमुख बाँधेर गरिएको सो जघन्य अपराधपछि पीडितले आफन्तको सहयोगमा खोजिन् तर सबै ठाउँबाट निराशा बेहोर्न पुगिन्।
शुरुआती प्रयासमा इलाका प्रहरी कार्यालय राजपुर फरहदवाले चासो नदेखाएपछि पीडित जिल्ला प्रहरी कार्यालय गौर पुगिन्। त्यहाँ तत्कालीन प्रहरी उपरीक्षक दिलीप घिमिरेको निर्देशनमा मुद्दा दर्ता त भयो, तर आरोपी खुर्सैद खाँ पैठान एक वर्षसम्म फरार रहे। त्यो अवधिमा पीडितको घरमा आरोपीका मान्छेहरू ६ देखि ८ लाख रुपैयाँ लिएर पुगेर दबाब दिने काम गर्दै आएका थिए। तर पीडित र उनका परिवारले “पैसा होइन, न्याय चाहिन्छ” भन्ने अडानमा कायम रहे।
यस्तो अवस्थामा पनि आरोपी खुला समाजमा घुम्दै, सरकारी निकायको संरक्षणमा प्रहरी कार्यालयमै पुगेको समाचारले पीडित परिवार झनै त्रसित भएको छ। पीडित महिला भन्छिन्, “उसको पैसा र पहुँचका अगाडि मेरो इज्जत, पीडा र प्रमाण केही पनि भएन। अब अदालतबाट न्याय नपाए मैले विष खाएर आत्महत्या गर्छु।”
स्रोतका अनुसार आरोपी खुर्सैद खाँ पहिले नेकपा माओवादी केन्द्रमा आबद्ध थिए, तर यो घटना सार्वजनिक भएपछि उनी नेपाली काँग्रेसको शरणमा पुगेका छन्। काँग्रेसका केही स्थानीय नेताहरूले उनीमाथि लागेको बलात्कार मुद्दालाई राजनीतिक दबाब र सत्ताको पहुँचमार्फत कमजोर पार्न खोजिरहेको गम्भीर आरोप पीडित पक्षले लगाएका छन्। “यदि उनले यो घटनाबाट पनि सजायबाट उन्मुक्ति पाए भने यो देशको कानुन दलित, गरीब र महिलाका लागि होइन, धनी र पहुँचवालाका लागि मात्रै हो भन्ने पुष्टि हुन्छ,” पीडितका श्रीमानको भनाइ छ।
शरना देवी रामको घटनामात्र होइन, गाउँका अन्य महिलाहरूले पनि खुर्सैद खाँबाट यस्तै उत्पीडन भोगेको आरोप छ। तर डर र असहायताका कारण कोही अघि आउन सकेका छैनन्। यसले देखाउँछ कि नेपालमा अझै पनि दलित महिला दुई तहको उत्पीडनको शिकार छन् जातीय भेदभाव र लैंगिक हिंसा।
मुद्दा दर्ता भएर वर्षौं बित्दा पनि पीडकको गिरफ्तारी नहुनु, प्रहरी प्रशासनको निष्क्रियता, राजनीतिक संरक्षणको आरोप, र आर्थिक प्रलोभनको प्रयास  यी सबैले नेपालको न्याय प्रणालीप्रति गहिरो प्रश्न उठाउँछ। यो घटना कुनै एक व्यक्तिको पीडासँग मात्र सम्बन्धित छैन, यो समग्र समाजमा गरिब, दलित र महिलामाथि भइरहेको अन्यायको प्रतिनिधि कथा हो।
यदि न्याय प्रणाली मौन रहन्छ भने यो घटनाले सन्देश दिन्छ  “शक्ति र पैसावालाहरूका लागि अपराध छुट छ, पीडित भने अदालतको ढोकामा कराउँदै आत्महत्याको धम्की दिन बाध्य हुन्छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.