यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सेवा अस्थायी रूपमा बन्द हुने जानकारी गराएको छ। विभागले सोमबार जारी गरेको सूचनामा आगामी २७, २८ र २९ गते (जेठ) तीन दिनसम्म लाइसेन्स छपाइ कार्य बन्द रहने उल्लेख गरिएको छ।
स्मार्ट कार्ड प्रिन्टर मर्मतको कारणले सेवा स्थगित हुने विभागले जनाएको छ। सूचनामा भनिएको छ, “विभागको स्मार्ट कार्ड प्रिन्टर मर्मत गर्नुपर्ने भएकाले तोकिएको मितिमा अत्यावश्यक सवारी चालक अनुमतिपत्र छपाइ कार्य बन्द हुनेछ।”
विभागले तीन दिनको अवधिमा लाइसेन्स आवश्यक पर्ने सेवाग्राहीलाई २०८२ साल जेठ २५ गतेभित्रै निवेदन पेश गरी स्वीकृत भइसकेको सुनिश्चित गर्न आग्रह गरेको छ।
सेवाग्राहीहरूलाई असुविधा नहोस् भन्ने उद्देश्यले विभागले पूर्व जानकारी गराउँदै समयमै निवेदन दिन अनुरोध गरेको हो।