×

सभामुखको पहलमा दलहरूबीच छलफल, संसद् सञ्चालनमा अझै सहमति जुटेन।

खालीपाना न्युजडेस्क | ८ महिना अगाडि

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको नियमित बैठक अघि प्रमुख दलका सचेतकहरूसँग संसद् सञ्चालनका विषयमा छलफल गरिरहेका छन्। संसद् भवन नयाँ बानेश्वरमा जारी बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँगै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरासिया पनि सहभागी छन्।

यो छलफल संसद् सञ्चालनमा देखिएको गतिरोध हटाउने उद्देश्यले भएको हो। विपक्षी दलहरूले भिजिट भिसा सम्बन्धी विवादमा उच्चस्तरीय न्यायिक समिति वा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरुद्ध गरिरहेका छन्।

सरकार भने तत्काल समिति गठनमा तयार देखिएको छैन। यही कारण मंगलबार दुईपटक सूचना जारी गरिए पनि बैठक बस्न सकेको थिएन। सभामुख घिमिरेले आज दिउँसो १ बजे नयाँ बैठक बोलाएका छन्।

सत्तापक्ष र विपक्षी दलहरू आफ्ना अडानमा कायम रहेका कारण सहमति बन्न नसकेको अवस्था छ। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) लगायतका विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका छन्। उनीहरू भन्छन्, “समिति बनेपछि मात्र संसद् चल्न दिनेछौँ।” तर सत्ता पक्षले यो माग स्वीकार नगरेका कारण संसद् अवरुद्ध नै रहेको छ।

छलफल जारी रहे पनि तत्काल समाधानको सम्भावना देखिएको छैन। सभामुख घिमिरेको पहलबाट सहमतिको प्रयास भए पनि निर्णयात्मक प्रगति नभएको प्रष्ट देखिन्छ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x