×

सभामुख घिमिरेद्वारा राजनीतिक दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बैठकमा बोलावट

खालीपाना न्युजडेस्क | ८ महिना अगाडि

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज साढे १२ बजे प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन्। सभामुखका प्रेस संयोजक शेखर अधिकारीका अनुसार, बैठक संसद् सञ्चालनसँग सम्बन्धित विषयमा छलफल गर्नका लागि आह्वान गरिएको हो।

हालसालै चर्चामा रहेको ‘भिजिट भिसा प्रकरण’बारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग विपक्षी दलहरूले उठाउँदै आएका छन्। तर, सत्ता पक्ष समितिको आवश्यकता नरहेको अडानमा रहेकोले संसद् अवरुद्ध हुने संकेत देखिएको छ।

यसै सन्दर्भमा, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहित अन्य विपक्षी दलहरू संसद् बैठक अवरुद्ध गर्ने रणनीतिमा रहेको बताइएको छ। बैठकले दलहरूबीच सहमति जुटाउन र संसद् सञ्चालनमा देखिएको गतिरोध हटाउने प्रयास गर्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x