×

विपद् व्यवस्थापनमा समुदायस्तरको सहभागिता आवश्यक: सशस्त्र प्रहरी प्रमुख अर्याल

खालीपाना न्युजडेस्क | ८ महिना अगाडि

सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्यालले विपद् न्यूनीकरण र व्यवस्थापनका लागि समुदायमा आधारित स्वयंसेवकहरूको सक्रियता अत्यावश्यक भएको बताएका छन्।

स्विट्जरल्याण्डको जेनेभामा जारी “विपद् जोखिम न्यूनीकरणका लागि विश्वव्यापी मञ्च” को आठौं सत्रलाई सम्बोधन गर्दै आईजीपी अर्यालले, विपद् व्यवस्थापनमा समुदायको सहभागिता, सूचना प्रवाह तथा तालिम प्राप्त स्वयंसेवकको भूमिका निर्णायक हुने उल्लेख गरे।

उनका अनुसार सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापन तालिम शिक्षालय र पर्वतीय उद्धार तालिम केन्द्र स्थापना गरेर दक्ष जनशक्ति उत्पादन गरिरहेको छ। साथै, विपद् सूचक प्रणाली र समुदायस्तरका स्वयंसेवकमार्फत सूचना संकलन र व्यवस्थापन कार्यमा तीव्रता आएको पनि उनले बताए।

अर्यालले सशस्त्र प्रहरी बलले विपद् स्वयंसेवकहरूलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै, यस्तो संजाल र स्थानीय साझेदारीले पूर्वतयारी, उद्धार, राहत र पुनःस्थापनाका काममा सुरक्षा निकाय र समुदायबीच प्रभावकारी समन्वय गराउन सहयोग पुग्ने धारणा राखे।

उनले एक्लो प्रयासले मात्र ठूलो प्रकृतिका विपद्लाई व्यवस्थापन गर्न सम्भव नभएकाले यस क्षेत्रमा विश्वव्यापी सहकार्य र अन्तरसंस्थागत समन्वय अपरिहार्य भएकोमा जोड दिए।

महानिरीक्षक अर्यालले सेन्दाई फ्रेमवर्क, पेरिस सम्झौता र दिगो विकास लक्ष्यहरूलाई कार्यान्वयन गर्न नेपाल सरकार र सशस्त्र प्रहरी बलको प्रतिबद्धता रहेको पुनः स्पष्ट पारे। उनले विपद् व्यवस्थापनमा सुशासन र नीति तहको समुचित कार्यान्वयन अपरिहार्य रहेको धारणा व्यक्त गरे।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x