×

: कर्णाली प्रदेशको आगामी नीति तथा कार्यक्रम आज दिउँसो सार्वजनिक हुँदै

खालीपाना न्युजडेस्क | ८ महिना अगाडि

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रदेशसभा सचिवालयका प्रवक्ता नेत्र कार्कीका अनुसार छैटौं अधिवेशन अन्तर्गत आज दिउँसो ३ बजे बस्ने बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिनेछ।

प्रदेश प्रमुख यज्ञराज जोशी हाल उपचारका लागि अमेरिकामा रहेका कारण उक्त कार्यक्रम सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँद्वारा प्रस्तुत गरिनेछ।

कार्यसूची अनुसार आजको बैठकमा नीति तथा कार्यक्रम पेश गरिने तयारी रहेको सचिवालयले जनाएको छ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x