राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको मागसहित आन्दोलन गर्दै आएको ‘संयुक्त जनआन्दोलन समिति’ नयाँ रणनीति निर्माणको चरणमा पुगेको छ।
समितिले पहिलो चरणको आन्दोलन सफल र उत्साहजनक भएको निष्कर्ष निकाल्दै दोस्रो चरणको कार्यक्रम तय गर्न आज दिउँसो २ बजे बैठक बस्ने तयारी गरेको छ।
समितिका संयोजक नवराज सुवेदीका अनुसार, बैठक काठमाडौंको सुकेधारास्थित नवदूर्गा पार्टी प्यालेसमा बस्नेछ। उक्त बैठकमा एक सातासम्म सञ्चालन भएको आन्दोलनको समीक्षा र आगामी चरणको आन्दोलनबारे विस्तृत छलफल हुने जानकारी उनले दिएका छन्।
बैठकमा समितिसँग आबद्ध रहेका ४४ वटा राजनीतिक दल, समूह तथा अभियानका प्रतिनिधिहरूको सहभागिता रहने सुवेदीले बताए।