अन्तर्राष्ट्रिय व्यापारले हाम्रो जीवनशैलीलाई उपभोक्ता र उत्पादकका रूपमा गहिरो असर पारिरहेको छ। तर, व्यापारमा अवरोध नआएसम्म वा आवश्यक वस्तुको अभाव नपरेसम्म हामी अन्य देशमाथिको निर्भरता कति गहिरो छ भन्ने कुरा बिर्सन्छौँ।
यही सन्दर्भमा ब्रिटिस अर्थशास्त्री इमन बट्लरद्वारा लिखित पुस्तक ‘व्यापार तथा भूमण्डलीकरण’ (An Introduction to Trade and Globalisation) को नेपाली संस्करण प्रकाशित भएको छ। पुस्तकलाई नेपालीमा अनुवाद गरेका हुन् – सुरथ गिरी। समृद्धि फाउन्डेशनको सहकार्यमा वी रिड प्रकाशनले पुस्तक बजारमा ल्याएको हो।
पुस्तकमा अन्तर्राष्ट्रिय व्यापारको सिद्धान्त, अर्थशास्त्र र राजनीति सम्बन्धी विषयमा सरल र बुझ्न सजिलो भाषामा विस्तृत जानकारी दिइएको छ। स्वतन्त्र व्यापारको अवधारणा, यसका आर्थिक फाइदाहरू, तथा आलोचकहरूले उठाउने रोजगारी पलायन, सुरक्षा चुनौती, र गुणस्तरीयताको प्रश्नसमेत पुस्तकमा समेटिएको छ।
पुस्तक अन्तर्राष्ट्रिय कम्पनीको भूमिका, स्वतन्त्र व्यापारको नैतिकता र व्यापार अवरोधबारे पनि गहन विश्लेषण गर्छ। ढुंगे युगदेखि हालको बहुराष्ट्रिय कम्पनीहरूको प्रभावसम्मको यात्रालाई रोचक ढंगले प्रस्तुत गरिएको पुस्तक विद्यार्थी, अर्थशास्त्रमा चासो राख्ने पाठक तथा सार्वजनिक बहसमा रुचि राख्ने सबैका लागि उपयोगी हुने विश्वास प्रकाशकको छ।
पुस्तकका लेखक इमन बट्लर एक चर्चित ब्रिटिस अर्थशास्त्री हुन्। उनी एडम स्मिथ इन्स्टिच्युटका सहसंस्थापक र निर्देशक हुन्। सेन्ट एन्ड्रयू विश्वविद्यालयबाट अर्थशास्त्र र मनोविज्ञानमा स्नातकोत्तर गरेका उनले सोही विश्वविद्यालयबाट विद्यावारिधि पनि हासिल गरेका छन्।
सन् २०१२ मा उनले हेरियट–वट विश्वविद्यालयबाट मानार्थ डक्टर इन लिटरेचर प्राप्त गरेका थिए। सन् १९७० मा उनले अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभ्समा पेन्सन र कल्याणकारी नीतिहरूमा पनि काम गरेका थिए।
बजार अर्थतन्त्रको प्रवर्द्धनका लागि उनले पुरस्कृत वृत्तचित्र ‘सेक्रेट्स अफ द म्याग्ना कार्टा’ निर्माण गरे भने, पुस्तक ‘फाउन्डेसन्स अफ फ्री सोसाइटी’ ले फिसर प्राइज जितेको थियो। एडम स्मिथ, मिल्टन फ्रिडम्यान, एफए हायेक, लुडविग मिजेसलगायत विचारकका सिद्धान्तलाई बुझाउने थुप्रै पुस्तक पनि उनका नाममा छन्।
उनका लेखहरू The Times, The Guardian र The Daily Telegraph जस्ता पत्रिकामा प्रकाशित छन्। ७२ वर्षीय बट्लरले अर्थशास्त्र, मनोविज्ञान, राजनीति र दर्शनका विविध पक्षमा उल्लेखनीय लेखन गरेका छन्।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.