×

बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि बागलुङमा निःशुल्क आवासीय शिक्षा

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

बौद्धिक अपाङ्गता भएका बालबालिकालाई लक्षित गर्दै बागलुङमा एक मात्र विशेष विद्यालय सञ्चालनमा छ, जहाँ उनीहरूलाई निःशुल्क आवासीय सुविधा सहितको शिक्षाको व्यवस्था मिलाइएको छ।

बागलुङ नगरपालिका–४, उपल्लाचौरमा रहेको बागलुङ विशेष बाल कक्षा आधारभूत विद्यालय गण्डकी प्रदेशमै बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि मात्र सञ्चालन भइरहेको एकमात्र विद्यालय हो।

शारीरिक अपाङ्गता भएका, सुस्त श्रवण क्षमता भएका र बौद्धिक अपाङ्गता भएका बालबालिकालाई लक्षित गर्दै विसं २०४३ सालमा स्थापना गरिएको यो विद्यालयमा हाल बौद्धिक अपाङ्गता भएका बालबालिकामात्र अध्ययनरत छन्। बहिरा बालबालिकाका लागि रामरेखा बहिरा विद्यालय तथा शारीरिक अपाङ्गता भएका बालबालिकाका लागि रामरेखा आधारभूत विद्यालयमा छुट्टै व्यवस्था गरिएकोले उपल्लाचौरस्थित विद्यालयमा बौद्धिक अपाङ्गता भएकाहरू मात्र पढ्ने गरेका हुन्।

विद्यालयका प्रधानाध्यापक युक्तजङ्ग राजभण्डारीका अनुसार हाल कास्की, पर्वत, म्याग्दी र बागलुङ जिल्लाबाट ३५ जना विद्यार्थी यस विद्यालयमा अध्ययनरत छन्। तीमध्ये २२ जना आवासीय रूपमा होस्टेलमा बस्छन् भने बाँकी १३ जना घरबाटै आउजाउ गर्छन्। कक्षा १ देखि ५ सम्मको अध्ययन गराइने यस विद्यालयमा उनीहरूलाई पालनपोषण र शिक्षाको व्यवस्था विद्यालयले नै गर्दै आएको छ।

राजभण्डारीका अनुसार बौद्धिक अपाङ्गता भएका बालबालिकालाई समाजले अझै पनि बुझ्न सकेको छैन, जसका कारण उनीहरू धेरैजसो समय परिवारबाट उपेक्षित हुने गर्छन्। त्यसैले विद्यालयले नै अभिभावकको जिम्मेवारी लिइरहेको छ।

हाल विद्यालयमा तीन शिक्षक र तीन जना कर्मचारी कार्यरत छन्। उनीहरूले आवासीय विद्यार्थीका लागि खानपान, लत्ता कपडा, सरसफाइ लगायत सम्पूर्ण व्यवस्थापन गरिरहेका छन्। विद्यालय सञ्चालनमा विभिन्न सामाजिक संस्था तथा दाताहरूको सहयोग प्राप्त हुँदै आएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेशप्रसाद श्रेष्ठका अनुसार विसं २०५३ मा विर्टिस वेलफेयरले विद्यालय भवन निर्माण गरिदिएको हो भने प्लान नेपालले विसं २०६६ मा होस्टेल बनाइदिएको थियो।

चार वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिका यहाँ अध्ययन गरिरहेका छन्। श्रेष्ठ भन्छन्, “अहिलेसम्मको यात्रामा थुप्रै चुनौती छन्। केही अभिभावक त चाडपर्वमा समेत आफ्ना छोराछोरीलाई घर लैजान मान्दैनन्, सबै जिम्मेवारी विद्यालयमै आउँछ।”

बागलुङ उपल्लाचौरस्थित यो विद्यालय बौद्धिक अपाङ्गता भएका बालबालिकाको शिक्षाको क्षेत्रमा एक उदाहरणीय पहल बनेको छ। यस्तै, बागलुङ–१ रामरेखामा रहेको धौलागिरी बहिरा आवासीय विद्यालयले देशभरका ५४ जिल्लाका बहिरा बालबालिकालाई अध्यापन गराउँदै आएको छ।

गण्डकी प्रदेशमै यस्तो प्रकृतिको विद्यालय दुर्लभ भएकोले यसको संरक्षण र सशक्तिकरण अत्यावश्यक देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.