×

झापामा वर्षासँगैको बाढीले पूर्वपश्चिम राजमार्गका डाइभर्सन बगायो, एकतर्फी यातायात सञ्चालन

खालीपाना न्युजडेस्क | ९ महिना अगाडि

मनसुन सक्रिय भएसँगै झापामा आएको अविरल वर्षाले निर्माणाधीन पूर्वपश्चिम राजमार्गको विभिन्न भागमा डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको छ। बाढीका कारण झापाको काली खोला आसपासको क्षेत्रमा यातायात प्रभावित बनेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख राजन लिम्बुका अनुसार, बाढीले अस्थायी रूपमा बनाइएका डाइभर्सनलाई क्षति पुर्‍याएको छ। तर, वैकल्पिक बाटोको सहायतामा यातायात आंशिक रूपमा सञ्चालनमा ल्याइएको जानकारी उनले दिए।

धुलाबारी नजिकको एक कल्भर्टको डाइभर्सन पूर्ण रूपमा बगाएपछि माटो थपेर अस्थायी रूपमा एकतर्फी सवारीसाधन चलाइने व्यवस्था गरिएको छ। यस्तै, बुट्टावारी–चारआली सडक खण्डमा पनि पानीले डाइभर्सनमा क्षति पुर्‍याएको छ।

प्रहरी प्रमुख लिम्बुका अनुसार, पुल तथा कल्भर्ट निर्माण भइरहेका स्थानमा पानी निकासको पर्याप्त व्यवस्था नभएकाले डाइभर्सनमै बाढी जम्ने समस्या देखिएको हो। उनका अनुसार, सडक छेउमा माटो थुपारेर बनाइएका अस्थायी बाटामा जोखिम बढेको छ।

त्यस्तै, माइखोलामा आएको बाढी झापाको झापा गाउँपालिका–२ मा बस्ती पस्दा २२ परिवार प्रभावित भएका छन्। केही घरहरूमा बाढीको पानी पसेपछि स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको र प्रभावितहरूलाई सुरक्षित स्थानमा सारिएको प्रहरीको भनाइ छ।

यसैबीच, वर्षा सुरु भएको एक दिनमै आएको बाढीका कारण कोशी लोकमार्ग समेत अस्थायी रूपमा अवरुद्ध भएको खबर आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.