×

काठमाडौंमा आज पनि राजसंस्था पुनर्स्थापनाको माग गर्दै प्रदर्शन

खालीपाना न्युजडेस्क | ८ महिना अगाडि

राजसंस्था र हिन्दु राष्ट्र पुनः स्थापनाको माग गर्दै आज पनि काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्मको सडकखण्डमा राजावादीहरुले प्रदर्शन गरेका छन्।

राजावादी समूहले बिहीबार शान्तिबाटीकामा पनि यस्तै प्रदर्शन गरेका थिए। राप्रपा, राप्रपा नेपाललगायतका समुहहरुले गणतन्त्र घोषणा भएको दिन जेठ १५ देखि नै आन्दोलन सुरु गरेका हुन्।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र पुनःस्थापना नभएसम्म आन्दोलन जारी राख्ने बताउँदै आएका छन्।

आजको प्रदर्शनका कारण माइतीघर-बानेश्वर सडकखण्डमा सवारी आवागमनमा अवरोध सिर्जना भएको थियो।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x