×

जनमत पार्टीका वरिष्ठ उपाध्यक्षको पहलमा विदेशमा अलपत्र परेकाहरुको १५ दिनमै उद्धार

खालीपाना न्युजडेस्क | ८ महिना अगाडि

धनुषा जिल्ला निवासी प्रमोद कुमार साह विगत ५ महिनादेखि साउदी अरबमा कार दुर्घटनामा परी गम्भीर अवस्थामा अलपत्र परेका थिए। आर्थिक र कानुनी समस्या झेलिरहेका प्रमोदको परिवारले झण्डै ४ महिना सिंहदरबार धाउँदै विभिन्न दलका शीर्ष नेतादेखि मन्त्रीहरूसम्म गुहार गर्दा पनि कसैले समस्या सुनेनन्।

अन्ततः एकदिन पीडित प्रमोद साहका परिवारले जनमत पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष माननीय अब्दुल खांनज्यूलाई उहाँकै श्रम समितिको कार्यकक्षमा भेटेर आफ्नो पीडा सुनाए। त्यसपछि तुरुन्तै माननीय खांनको निर्देशनमा आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाइयो। नेपालको साउदी अरबस्थित राजदूतावाससँग समन्वय गर्दै करिब १५ दिनको पहलपछि प्रमोद साहलाई नेपाल फर्काउन सफल भइयो।

ई. अतिउल्लाह मुसलमान (आश्मिर) — माननीय अब्दुल खांन (राष्ट्रिय वरिष्ठ उपाध्यक्ष, जनमत पार्टी) का स्वकीय सचिवका अनुसार, यो कुनै एक्लो उदाहरण मात्र होइन। माननीय खांनको नेतृत्वमा यसअघि पनि कतार, साउदी, मलेसिया, दुबई लगायत विभिन्न खाडी मुलुकबाट ४० भन्दा बढी श्रमिकहरूलाई पटकपटक उद्धार गरिसकिएको छ।

नेपाल सरकारका विभिन्न निकायहरूले बेवास्ता गरेका पीडितहरूको पक्षमा उभिएर आवाज उठाउँदै आउनु भएका खांनको यो मानवीय पहलले विदेशमा संकटमा परेका नेपाली श्रमिकहरूलाई ठूलो राहत दिएको छ। उहाँको तत्परताले प्रमोदजस्ता दर्जनौं श्रमिकहरू पुनः आफ्नो मातृभूमिमा फर्कन पाएका छन्।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x