×

१६ वर्षदेखि न्याय खोजिरहेका श्रीनारायण सिंह फेरि निराश : उच्च अदालतको फैसलाले चकनाचुर भयो भरोसा

खालीपाना न्युजडेस्क | ११ महिना अगाडि

रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ८४ वर्षीय श्रीनारायण सिंह बुधबारको रात कटाउन सकेनन्। उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले पूर्वसांसद मोहम्मद अफताब आलमसहित चार जनालाई सफाइ दिएको खबरले उनी मानसिक तनावमा परे। गाउँमा पटाका पड्काउँदै, नारा लगाउँदै खुसी मनाइँदा उनी भने आफ्नै भाग्य र देशप्रति निराश बने।

२०६४ सालको चैत २७ गते संविधानसभा निर्वाचनको अघिल्लो रात रौतहटको राजपुरमा बम विस्फोट हुँदा श्रीनारायणका कान्छा छोरा त्रिलोकप्रताप सिंह गम्भीर घाइते भएका थिए। आरोप अनुसार घाइते त्रिलोक र अर्का युवक ओशी अख्तरलाई उपचारको साटो जिउँदै इँटाभट्टामा जलाएर हत्या गरिएको थियो। घटनामा तत्कालीन सांसद मोहम्मद अफताब आलम मुख्य अभियुक्तका रूपमा चिनिए।

श्रीनारायणले छोराको न्यायको लागि १६ वर्षसम्म अविरल संघर्ष गरे। जिल्ला अदालत रौतहटले १३ वैशाख २०८१ मा आलमसहितलाई जन्मकैदको सजाय सुनाएपछि उनी न्याय पाएको अनुभूति गर्न थालेका थिए। तर एक वर्षपछि उच्च अदालतको फैसलाले त्यो विश्वास चकनाचुर बनाइदियो।

उच्च अदालतको आदेशपछि आलम नख्खु कारागारबाट रिहा भए। गाउँमा उनको रिहाइको खुसियालीमा पटाका पड्काइयो, नारा जुलुस गरियो। तर यसले पीडित श्रीनारायणको परिवारमा डर र असुरक्षा फैलिएको छ। उनका जेठा छोरा सत्येन्द्र सिंहका अनुसार, अब गाउँमा आलमको विरोध गर्न कोही पनि बोल्न डराउने अवस्था छ।

श्रीनारायण भन्छन्, “म ८४ वर्षको भएँ, मरुँ वा मारिँ, डर छैन। तर अब मेरो परिवार असुरक्षित छ।” उनले धेरैपटक प्रलोभन, धम्की र दबाब भोगेका छन्, तर विचलित नभई लडिरहे। न्यायको खोजीमा उनले ३ बिघा जमिन बेचिसकेका छन्।

पीडित पक्षका वकिलसमेत नपाइने डरको वातावरणमा श्रीनारायणले काठमाडौंबाट वकिल झिकाएर मुद्दा लडे। न्यायको अपेक्षामा उनले आफ्नो सम्पूर्ण जीवन र सम्पत्ति खर्च गरेका छन्। उनका अनुसार ओशी अख्तरको आमाको समेत रहस्यमय हत्या भइसकेको छ।

उनी भन्छन्, “धेरैले डरले बोल्न छाडेका छन्। तर म सास रहेसम्म लडिरहन्छु। अब सर्वोच्च अदालतमा मुद्दा लानेछु। न्याय पाएनौं भने, यो देशमा कानुन छ भन्ने प्रमाण कहाँ रहन्छ?”

श्रीनारायण सिंहको संघर्ष केवल व्यक्तिगत पीडा होइन, यो मुलुकमा न्याय, कानुन र सत्यको खोजीको प्रतीक बनेको छ। उच्च अदालतको फैसलाले न्यायप्रेमीहरूको मनमा गम्भीर प्रश्न उठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.