×

राप्रपाका तीन सांसदको सुरक्षाकर्मी एकैपटक फिर्ता! सरकारको निर्णयप्रति आक्रोश

खालीपाना न्युजडेस्क | ८ महिना अगाडि

१४ जेठ, काठमाडौं। सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन जना सांसदहरूलाई दिइएको पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) एकै पटक फिर्ता बोलाएको छ।

पीएसओ फिर्ता गरिएका सांसदहरूमा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसद ध्रुवबहादुर प्रधान र दीपक सिंह रहेका छन्। शाहीका स्वकीय सचिवका अनुसार तीनै सांसदको पीएसओ हटाइएको जानकारी दिँदै अहिले उनीहरू यस विषयमा छलफलमा जुटिरहेका बताएका छन्।

ज्ञानेन्द्र शाही प्रमुख सचेतक हुन् भने ध्रुवबहादुर प्रधान पूर्व प्रहरी महानिरीक्षक (आइजिपी) र दीपक सिंह संघीय संसदको पूर्वाधार विकास समितिमा आबद्ध सांसद हुन्। उनीहरूलाई सुरक्षा संवेदनशीलता हेरेर पीएसओ दिइएको थियो।

सरकारको यो निर्णयलाई लिएर राप्रपा निकटवृत्तमा असन्तोष देखिएको छ। यसबारे थप विवरण आउन बाँकी छ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x