नेपाल खानेपानी संस्थानको सञ्चालक समितिको अध्यक्ष पदमा डा. ढुण्डीराज भट्टराई नियुक्त भएका छन्।
खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्यका अनुसार, उनलाई नेपाल खानेपानी संस्थान ऐन, २०४६ (संशोधनसहित) को दफा ८ को उपदफा ८.१.१ र दफा ११.१ अनुसार तीन वर्षका लागि नियुक्त गरिएको हो।
यो नियुक्ति नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयअनुसार गरिएको मन्त्रालयले जनाएको छ।