काठमाडौं, १२ जेठ — नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक आज पार्टी सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा सम्पन्न भएको छ। पदाधिकारी र पूर्वपदाधिकारी सहभागी रहेको सो बैठकमा पछिल्लो समय चर्चामा आएको भिजिट भिसा प्रकरणमाथि विशेष छलफल भएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन शाखामा देखिएको भिजिट भिसा सम्बन्धी गतिविधिमा गृहमन्त्री रमेश लेखकको संलग्नता देखिँदैन भन्ने निष्कर्ष बैठकले निकालेको छ। साथै, मन्त्री लेखकको राजीनामाको विषयमा कुनै आवश्यक छैन भन्नेमा पनि नेताहरू सहमत देखिएका छन्।
बैठकपछिको संक्षिप्त प्रतिक्रिया दिँदै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले गृहमन्त्री लेखक निर्दोष रहेको स्पष्ट पारे। “उहाँको संलग्नता कतैबाट पुष्टि भएको छैन,” महतले भने, “तर यस विषयमा गृहमन्त्री स्वयंले संसदमार्फत जवाफ दिनेछन्।