×

मेयर बालेनद्वारा प्रवक्ता मानन्धरसँग स्पष्टिकरण माग

खालीपाना न्युजडेस्क | ९ महिना अगाडि

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले वडा नम्बर १७ का अध्यक्ष तथा महानगरका प्रवक्ता नवीन मानन्धरसँग स्पष्टिकरण माग गरेका छन्।

प्रवक्ता मानन्धरका अनुसार आइतबार लेखिएको पत्रमार्फत उनलाई स्पष्टिकरण मागिएको हो। उनका अनुसार, आफूले उठाइरहेको विषयमा मेयरले असन्तुष्टि व्यक्त गरेका छन्।

“पत्र अझै मेरो हातमा आइपुगेको छैन, तर जुन कुरा म अहिले उठाउँदै छु, त्यसप्रति उहाँलाई आपत्ति लागेको मैले बुझेको छु,” मानन्धरले भने।

यसअघि चैत १० गते नेपाली कांग्रेसबाट निर्वाचित सबै वडाध्यक्षहरूले मेयर शाहले पाँच महिनासम्म कार्यपालिका बैठक नबोलाएको भन्दै ज्ञापनपत्र बुझाएका थिए।

प्रवक्ता मानन्धरसहितका केही वडाध्यक्षहरू मेयर बालेनका एकल निर्णयहरूको विरोध गर्दै आएका छन्। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय प्रवेश गराउने विषयमा प्रवक्ता मानन्धरको सक्रिय भूमिका रहेको थियो।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x