×

हात्तीसारस्थित मार्कोपोलो होटल नयाँ व्यवस्थापनमा पुनः सञ्चालनमा

खालीपाना न्युजडेस्क | ११ महिना अगाडि

काठमाडौंको हात्तीसारमा अवस्थित मार्कोपोलो होटल अब नयाँ व्यवस्थापनको जिम्मामा औपचारिक रूपमा सञ्चालनमा आएको छ। इन्द्रेणी मल्टिप्रपोज इन्भेष्टमेन्ट कम्पनीले लामो अवधि भाडामा लिएर यस होटलको व्यवस्थापन सम्हालेको हो।

शनिबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले होटलको औपचारिक उद्घाटन गरे। उद्घाटन समारोहमा अध्यक्ष ढकालले पर्यटन क्षेत्र नेपालको प्रमुख सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गर्दै, विदेशमा रहेका नेपालीहरूसमेत संलग्न भएर सुरु गरिएको यो परियोजना आशाको एक सकारात्मक संकेत भएको बताए।

उनले वर्तमान समयमा देशमा निराशा हावी भइरहेकाबेला यस्तो लगानीले नयाँ भरोसा जगाउने विश्वास व्यक्त गरे। साथै, विदेशमा रहेका नेपालीहरूलाई स्वदेशमै लगानी गर्न उत्प्रेरित गर्न महासंघले वातावरण निर्माणमा सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाए।

कम्पनीका अध्यक्ष यमलाल कँडेलले देशभित्र र बाहिरका लगानीकर्ताहरूको सहकार्यमा होटल सञ्चालनमा ल्याइएको जानकारी दिए। विगत पाँच वर्षदेखि विविध क्षेत्रमा लगानी गर्दै आएको यो कम्पनीको होटल क्षेत्रमा भने पहिलो प्रयास हो।

उता, लामो समयदेखि जापानमा व्यवसाय सञ्चालन गर्दै आएका कृष्ण सुवेदीले विदेशबाट आर्जन गरिएको आम्दानीको एक अंश स्वदेशमै लगानी गरिएको बताए। हाल होटलका निर्देशक रहेका सुवेदीले भने, “देशप्रतिको उत्तरदायित्व महसुस गर्दै हामीले यो सुरुवात गरेका हौँ, आगामी दिनमा अन्य स्थानमा पनि विस्तार गर्ने योजना रहेको छ।”

होटल औपचारिक रुपमा शनिबारदेखि सञ्चालनमा आए पनि इन्द्रेणी कम्पनीले सात महिनाअघि नै व्यवस्थापन लिएको थियो। मर्मत–संभार तथा नयाँ लुक्स दिनका लागि मात्रै करिब ७ करोड रुपैयाँ खर्च गरिएको निर्देशक सुवेदीले जानकारी दिए। होटलमा रहेका ३० वटै कोठाहरूलाई बुटिक शैलीमा सजाएर नयाँ रूप दिइएको हो।

निर्देशक सुवेदीका अनुसार, पाहुनाहरूलाई फरक अनुभूति दिने उद्देश्यले होटलका कोठा, रेस्टुराँ तथा बैठक कक्षलाई अत्याधुनिक शैलीमा तयार पारिएको छ। परिवारसहित शान्त र सफा वातावरणमा बस्न चाहने ग्राहकका लागि चार फरक किसिमका कोठा उपलब्ध गराइएको छ। होटलका डिलक्स र स्वीट कोठाको भाडादर ४ हजारदेखि ८ हजारसम्म रहनेछ, जसले मध्यमवर्गीय नेपाली तथा विदेशी पर्यटकलाई लक्षित गरेको छ।

रूफटप रेस्टुराँ होटलको प्रमुख आकर्षणको रूपमा तयार पारिएको छ, जहाँ हरियाली डिजाइनमा सजिएको वातावरणमा नेपाली, इण्डियन, जापानी र कन्टिनेन्टल परिकारहरूको स्वाद लिन सकिनेछ। पाहुनाहरूको रोजाइअनुसार तयार पारिएको मेनुमा देशी तथा विदेशी स्वादलाई विशेष प्राथमिकता दिइएको निर्देशक सुवेदीले बताए।

त्यस्तै, होटलमा ६० जनासम्म अटाउने सभा हल पनि निर्माण गरिएको छ, जसलाई बैठक, गोष्ठी तथा विविध औपचारिक कार्यक्रमका लागि प्रयोग गर्न सकिनेछ। आधुनिक पूर्वाधारसहितको यो हलले व्यवसायिक उद्देश्यले होटल प्रयोग गर्न चाहने ग्राहकहरूलाई थप सुविधा दिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.