×

पूर्व मुख्यमन्त्री महराको सुझाव : नीति तथा कार्यक्रमका आधारमा बजेट तयार पार्नुपर्ने

खालीपाना न्युजडेस्क | ९ महिना अगाडि

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई आधार मानेर बजेट निर्माण गर्नुपर्ने सुझाव दिएका छन्। लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन अन्तर्गत आठौँ बैठकलाई सम्बोधन गर्दै उनले नीति तथा कार्यक्रमलाई व्यवहारमा उतार्न प्रदेश सरकारले दृढ इच्छाशक्ति र सक्षम संरचना विकास गर्नुपर्ने आवश्यकता औँल्याए।

उनले प्रदेशको आर्थिक वृद्धि र विकासका लागि उद्योग, कृषि र जडीबुटी क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। महराले समृद्धि हासिल गर्न राजनीतिक पूर्वाग्रह र पक्षपातलाई त्यागेर अघि बढ्नुपर्ने र त्यसका लागि सकारात्मक वातावरण सिर्जना गर्ने जिम्मेवारी सरकारले लिनुपर्ने धारणा राखे।

पूर्व मुख्यमन्त्री महराले तीनै तहका सरकारहरू — संघ, प्रदेश र स्थानीय — बीच सहकार्य र समन्वयको अभाव रहे संघीयता कमजोर हुने स्पष्ट पारे। उनले साझा लक्ष्य प्राप्तिका लागि सबै तहबीच आपसी सहयोग अपरिहार्य रहेको बताए। “यदि सरकारबीच समन्वय र सहकार्य हुँदैन भने अपेक्षित नतिजा आउँदैन, त्यसैले एकअर्काको साथमा काम गर्ने वातावारण बनाउनु जरुरी छ,” उनले भने।

प्रदेशसभामा अन्य सांसदहरूले समेत बैठकमा धारणा राख्ने क्रम जारी छ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x