१० जेठ, काठमाडौं । पाल्पाको तिनाउ खोलामा डुबेर हराएका एक भारतीय युवकको शव फेला परेको छ।
१८ वर्षीय सोयव अन्सारी ड्यामसाइडमा पौडी खेल्ने क्रममा जेष्ठ ८ गतेदेखि बेपत्ता भएका थिए। नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त उद्धार टोलीले उनको शव शुक्रबार दिउँसो घटनास्थल नजिकै फेला पारेको हो।
अन्सारी भारतको नौतुना क्षेत्रका बासिन्दा हुन्। उनी केही दिनका लागि नेपाल भ्रमणमा आएका थिए।