×

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले विश्व स्वास्थ्य सम्मेलनमै अन्तर्राष्ट्रिय जलवायु–स्वास्थ्य सम्मेलन गर्नुपर्ने कडा प्रस्ताव अघि सारेका छन्।

खालीपाना न्युजडेस्क | ९ महिना अगाडि

स्वीट्जरल्याण्डको जेनेभामा भएको ७८ औं विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भइ बिहीबार काठमाडौं फर्किएपछि त्रिभुवन बिमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले आगामी बर्ष जलवायु स्वास्थ्य सम्मेलन नेपालमा गर्ने प्रस्ताव गरेको बताउनुभएको हो । जलवायु स्वास्थ्य सम्मेलनको प्रस्तावलाई विश्व स्वास्थ्य संगठनले सकारात्मक रुपमा लिएको उहाले बताउनुभयो । मन्त्री पौडेलले सम्मेलनका क्रममा जलवायु परिवर्तनका कारण नेपाली स्वास्थ्य क्षेत्र प्रभावित भएको जानकारी गराएको उल्लेख गर्नुभयो । मन्त्री पौडेलले नेपाल हिमालय क्षेत्र भएकाले मानवस्वास्थ्यमा देखिने समस्याका प्रकृति केहि फरक रहेको अवस्थामा अन्तराष्ट्रिय जलवायु स्वास्थ्य सम्मेलन गर्ने प्रस्ताव गरेको र उक्त सम्मेलन विश्व स्वास्थ्य संगठनको समर्थनमा अघि बढ्ने धारणा राख्नुभयो । उहाले स्वास्थ्य क्षेत्रमा नेपालले गरेको सुधारका कार्यलाई अन्य राष्ट्रले सकारात्मक ढंगले बुझेको जिकिर गर्नुभयो । त्यस्तै मन्त्री पौडेलले स्वास्थ्यलाई प्रतिकुल असर गर्ने बस्तुमा कर लगाउनुपर्ने विश्व स्वास्थ्य संगठनको सुझाव आएको अवस्थामा आगामी बजेटमा समेत उक्त बस्तुहरुमा अधिक कर लगाउनुपर्ने प्रस्ताव अर्थमन्त्रालयमा गरेको जानकारी दिनुभयो ।

त्यस्तै उहाले नेपालकातर्फबाट सबैमा स्वास्थ्य पहुँचका लागि श्रोत र प्राथमिकता जोड्दै विश्वव्यापी सहकार्य आवश्यक रहेकोमा जोड दिएको जानकारी दिनुभयो ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x