×

अध्यागमन प्रमुख त्रिभुवन विमानस्थलमै नियन्त्रणमा, अख्तियारको टोलीले गर्याे छापा!

खालीपाना न्युजडेस्क | ९ महिना अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख अधिकृत तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालले नियन्त्रणमा लिएको छ।

बुधबार दिउँसो आयोगको टोलीले अध्यागमन कार्यालयमै पुगेर छापा मारेको स्रोतले जानकारी दिएको छ। सोही क्रममा प्रमुख अधिकृत भट्टराईलाई नियन्त्रणमा लिइएको हो।

अचम्मको कुरा त के भने, उनलाई गृह मन्त्रालयले भर्खरै मंगलबार मात्र सरुवा गरेर फिर्ता बोलाएको थियो। अब उनको ठाउँमा पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई जिम्मेवारी तोकिएको छ।

यद्यपि अख्तियारले भट्टराईलाई नियन्त्रणमा लिएकोबारे आधिकारिक रूपमा केही सार्वजनिक गरेको छैन।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x