×

शपथपछि सक्रियता: गभर्नर पौडेलको पहिलो निर्णय—पाँच सय र हजारका नोट छपाइ

खालीपाना न्युजडेस्क | ११ महिना अगाडि

७ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले बुधबार औपचारिक रूपमा कार्यभार सम्हालेका छन्। राष्ट्र बैंकको केन्द्रीय कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन्।

गभर्नरका रूपमा पहिलो निर्णयस्वरूप उनले पाँच सय र एक हजार दरका नयाँ नोट छपाइको प्रस्तावमा हस्ताक्षर गरेका छन्।

पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गभर्नर पौडेलले मौद्रिक नीति र सरकारको वित्तीय नीति अलग–अलग धारहरू भएको प्रष्ट पारे। उनका अनुसार, “मौद्रिक नीति वित्तीय नीतिको अधीनमा होइन, यो स्वतन्त्र नीति हो। तर यदि सरकारको नीति कार्यान्वयनमा यसले अवरोध गरिरहेको देखिएमा आवश्यक परिमार्जन गरिनेछ।”

राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा गभर्नरका आकांक्षी रहेका गुणाकर भट्टको राजीनामा बारेमा भने उनले यो संस्था भित्रको आन्तरिक विषय भएको प्रतिक्रिया दिए।

गभर्नर पौडेलले वित्तीय प्रणालीको सुदृढीकरणका लागि नियमनभन्दा पनि सुपरीवेक्षण क्षमतालाई बलियो बनाउनु पर्ने धारणा राखे। साथै, देशको वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै उपयुक्त कर्जा नीति ल्याउने तयारी भइरहेको पनि उनले स्पष्ट पारे।

उनले थपे, “हाम्रा नीति निर्माण प्रक्रियाहरू सबै सरोकारवालासँग व्यापक परामर्शपछि मात्र अघि बढाइनेछ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.