×

प्रो कबड्डीको १२औं सिजन अक्सनमा नेपालका चार खेलाडी सिफारिस, कप्तान घनश्यामसहित

खालीपाना न्युजडेस्क | ९ महिना अगाडि

७ जेठ, काठमाडौं।
विश्वकै लोकप्रिय कबड्डी प्रतियोगिता प्रो कबड्डी लिगको १२औं सिजनको अक्सनमा नेपालबाट चार खेलाडीको नाम सिफारिस गरिएको छ।

अखिल नेपाल कबड्डी संघका अनुसार कप्तान घनश्याम रोकामगरसहित गणेश कार्की, सुशिल चुनारा र रामु टमाटा प्रो कबड्डी लिग अक्सन सूचीमा सिफारिस भएका हुन्।

घनश्याम रोकामगरले गत सिजन हरियाणा स्टिलर्स टोलीबाट प्रतियोगिता खेलेका थिए। उनी रहेको टिमले ११औं सिजनको उपाधि जितेको थियो।

त्यसअघि पनि नेपालबाट अक्सनका लागि घनश्यामसहित गणेश, रामु र लामलमोहरको नाम सिफारिस गरिएको थियो। घनश्यामलाई हरियाणाले अक्सनअघि नै रिटेन गरेपछि बाँकी तीन खेलाडी अक्सन प्रक्रियामा समावेश भएका थिए।

हाल नेपालमा कबड्डीको लोकप्रियता तीव्र रूपमा बढिरहेको छ। केही समयअघि सम्पन्न नेपाल कबड्डी लिग (एनकेएल) ले यस खेलप्रति जनचासो थप बढाएको छ।

नेपालको पुरुष र महिला दुवै टोलीले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्न थालेका छन्। महिला टोलीले १९औं एसियन गेम्स तथा एसियन कबड्डी च्याम्पियनसिपमा कांस्य पदक हात पारेको हो। यस्तै, पुरुष टोलीले बंगलादेशमा आयोजना भएको बंगबन्धु कबड्डी प्रतियोगितामा रजत पदक जित्दै गर्विलो उपलब्धि हासिल गरिसकेको छ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x