×

प्रधानमन्त्री ओली अस्वस्थ, संसदको प्रश्नोत्तर कार्यक्रम स्थगित

खालीपाना न्युजडेस्क | ९ महिना अगाडि

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएसँगै संघीय संसदमा आज हुने भनिएको प्रश्नोत्तर कार्यक्रम स्थगित गरिएको छ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्री ओली सोमबारदेखि नै अस्वस्थ महसुस गरिरहेका छन् र स्वास्थ्य अवस्थाका कारण आजको कार्यक्रममा सहभागी हुने अवस्था नरहेको जानकारी दिएका छन्।

प्रधानमन्त्रीको स्वास्थ्य समस्या देखिए पनि पछिल्लो समय नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिलाई लिएर सत्ता गठबन्धनका प्रमुख दलहरूबीच बढ्दो विवादले पनि राजनीतिक वातावरण तनावग्रस्त बनेको छ। यही विवादकै कारण सोमबार तय भएको प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको भेटवार्ता र मन्त्रिपरिषद् बैठकसमेत स्थगित गरिएको थियो।

सत्तारूढ दलहरूबीच गभर्नरको विषयमा मतभेद तीव्र भइरहेका बेला प्रधानमन्त्रीले प्रश्नोत्तर कार्यक्रमबाट आफूलाई अलग राख्नुले राजनीतिक संकेतसमेत दिएको कांग्रेसनिकट श्रोतको भनाइ छ।

प्रधानमन्त्री ओलीले सोमबारको एक कार्यक्रममा आफू रुघाखोकी लगायतका लक्षणबाट प्रभावित भएको भन्दै छोटो सम्बोधन गरेका थिए। उनको सचिवालयका अनुसार हाल उनी आराममा रहेका छन् र स्वास्थ्य अवस्था स्थिर छ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x