×

टिसिएल ग्लोबल एजुकेशन कन्सलटेन्सी अब विराटनगरमा पनि सञ्चालनमा, विदेश अध्ययनको प्रक्रिया हुने अझ सहज

खालीपाना न्युजडेस्क | ९ महिना अगाडि

टिसिएल ग्लोबल एजुकेशन कन्सलटेन्सीले आफ्नो विराटनगर शाखा सुरु गरेको छ, जसबाट देशको पूर्वी क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा सहज रूपमा उपलब्ध हुनेछ। कन्सलटेन्सीका नेपाल प्रमुख गजेन्द्रकुमार कार्कीका अनुसार, “काठमाडौंमा पाइने सम्पूर्ण सेवा अब विराटनगरको अफिसबाटै उपलब्ध हुनेछ। पूर्वी नेपालका विद्यार्थीहरूका लागि यो ठूलो सुविधा हो।” विराटनगर–९, पुष्प मार्गमा अवस्थित टिसिएल ग्लोबलको नयाँ अफिसबाट एकेडेमिक काउन्सिलिङ, आईईएलटीएस तयारी, विश्वविद्यालय छनोट, आवेदन प्रक्रिया र भिसा मार्गदर्शन जस्ता सम्पूर्ण सेवा प्रदान गरिनेछ। विराटनगर शाखाकी निर्देशक प्रिती रिजालले जानकारी दिँदै भनिन्, “हाम्रो मुख्य लक्ष्य भनेको विदेश अध्ययनको प्रक्रियालाई सरल बनाउनु र नेपाली विद्यार्थीलाई गुणस्तरीय शिक्षामा पहुँच सहज बनाउनु हो। हामी विशेष रूपमा बेलायत, अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि केन्द्रित सेवा दिनेछौं, यद्यपि अन्य देशका लागि पनि सेवा उपलब्ध हुनेछ।” पूर्वी नेपालका विद्यार्थीहरूका लागि यो केन्द्र नयाँ अवसर र सम्भावनाको ढोका खोल्ने विश्वास गरिएको छ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x