×

प्रधानमन्त्री ओलीको घोषणा : “मिशन ८४” मा एमालेको एकल बहुमत लक्ष्य

खालीपाना न्युजडेस्क | ९ महिना अगाडि

५ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा निर्वाचन (०८४) मा पार्टीले एकल बहुमत हासिल गर्ने स्पष्ट लक्ष्य लिएको बताएका छन्।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौं महाधिवेशनमा बोल्दै उनले यो लक्ष्य प्राप्ति कठिन भए पनि असम्भव नभएको धारणा राखे।

उनका अनुसार अहिलेको समानुपातिक प्रणालीमा पूर्ण बहुमत ल्याउनु चुनौतीपूर्ण भए पनि एमालेले सिट संख्या वृद्धि गरेर त्यस सम्भावनालाई साकार पार्ने तयारी गरिरहेको छ।

प्रधानमन्त्री ओलीले भने, ‘हामीले मिसन ८४ तय गरेका छौं। यो प्रणाली भित्रै रहेर बहुमत ल्याउनु कठिन छ, तर एमालेका लागि सम्भव छ। हामी त्यसैको लागि केन्द्रित भएका छौं।’

उनले वर्तमान प्रणालीमा स्पष्ट बहुमत पाउन कठिन भए पनि जनताको समर्थन बटुल्न सकिएमा त्यो लक्ष्य पूरा गर्न सकिने विश्वास व्यक्त गरे। साथै, आफ्नो पार्टी संघर्ष र आन्दोलनको माध्यमबाट आजको अवस्थामा आएको उल्लेख गर्दै, त्यसै अनुरूप नेता–कार्यकर्तालाई सक्रिय हुन आह्वान गरे।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x