×

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकासलाई तीव्रता दिन एमालेको बहुमतको एकल सरकार आवश्यक रहेको बताउनुभएको छ ।

खालीपाना न्युजडेस्क | ९ महिना अगाडि

राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय शिक्षा विभागद्वारा शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित युवा उद्यमी सम्मान तथा पार्टी प्रवेश कार्यक्रममा ओलीले मुलुक बनाउने एकमात्र पार्टी एमाले मात्रै भएकाले देशको बिकासका साथै सुशासन कायम गर्न एमालेको बहुमतको सरकार आवश्यक रहेको बताउनुभएको हो । यसअघि एमालेले सरकार छाडेको तीन बर्षमा देश निकै ओरालो लागेको उहाले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले साना साना स्वार्थ लिएकाहरुले एमालेबिरुद्ध विरुद्ध भ्रम फिँजाएको उल्लेख गर्दै त्यस्तो भ्रममा नपर्न आग्रह गर्नुभयो । एमालेलाई आगामी निर्वाचनमा बहुमत दिन युवाहरुले साथ दिनुपर्ने उहाले बताउनुभयो । प्रधानमन्त्री ओलीले स्वदेशमा व्यवसाय गर्ने युवाहरुलाई सरकारकातर्फबाट आवश्यक सहयोग हुने उल्लेख गर्नुभयो ।

 

कार्यक्रममा कार्यक्रममा युवा चिकित्सक, इन्जिनियर लगाएतका युवाहरु एमालेमा प्रवेश गरेका थिए भने स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोचका व्यवसाय सुरु गर्ने युवा व्यवसायीलाई सम्मान गरिएको थियो ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x