×

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान सरकारका केहि कमिकमजोरी भए सुधार गर्दै अघि बढ्ने बताउनुभएको छ

खालीपाना न्युजडेस्क | ९ महिना अगाडि

प्रजातान्त्रिक बिचार समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले कांग्रेस ठूलो पार्टी भएपनि बहुमत नभएकाले मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको भन्दै अहिलेको कांग्रेस–एमालेको संयुक्त सरकारका केहि कमि कमजोरी भए सुधार गर्दै अघि बढ्ने बताउनुभएको हो । उहाले अहिलको प्रणालीमा कुनै पनि दलको बहुमत आउन गाह््रो हुने भएकाले मिलेर सरकार बनाउनुपर्ने र मिलेरै चूनाव लड्नुपर्ने बाध्यता रहेको बताउनुभयो । सभापति देउवाले देशमा समावेशी संविधान रहेकाले सवैको प्रतिनिधित्व संसदमा रहेको जिकिर गर्नुभयो । उहाले २०४८ सालमा कांग्रेसको नेतृत्वको सरकार बनेपछि देशमा धेरै बिकासका कामहरु भएको उल्लेख गर्दै अहिले पनि मुलुक बिकासको बाटोमा अघि बढिरहेको बताउनुभयो ।

त्यस्तै सभापति देउवाले २०५२ सालमा आफु प्रधानमन्त्री हुँदा सांसदहरुलाई सुविधाका लागि सवैको सहमतिले गाडी खरीदमा भन्सार छुट दिने योजना ल्याएको स्मरण गर्दै त्यसलाई विरोध गर्नेले पजेरो काण्ड भन्ने गरेको जिकिर गर्नुभयो । त्यसबेला भन्सार छुट दिने योजनाको विरोध गर्नेले नै सवै भन्दा पहिले छुटमा गाडी किनेको उहाले बताउनुभयो । सभापति देउवाले प्रजातन्त्रमा बोल्न पाउने अधिकार भएकाले सोहि बिषयमा अहिलेपनि टिकाटिप्पणी हुनु ठूलो कुरा भएको धारणा राख्नुभयो ।

तत्कालिन समयमा देउवा र राप्रपाको संयुक्त सरकार बनेपछि सरकार टिकाउनका लागि देउवाले सांसदलाई गाडी खरीदमा भन्सार छुट दिने योजना ल्याएको चर्चा अहिले पनि हुने गरेको छ । सो समयमा भन्सार छुटमा पाइएको गाडीको व्यापार समेत सांसदहरुले गरेको आरोप लाग्दै आएको छ ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x