×

प्रधानमन्त्री ओली र विश्व बैंक उपाध्यक्षबीच भेटवार्ता, सगरमाथा संवाद र विकास सहकार्यमा छलफल

खालीपाना न्युजडेस्क | ९ महिना अगाडि

काठमाडौँ, जेठ २ — प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन रायसरले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शिष्टाचार भेट गरेका छन्।

भेटमा नेपालमा भइरहेको सामाजिक तथा आर्थिक विकास, काठमाडौँमा जारी सगरमाथा संवादको महत्व, र विश्व बैंकसँगको दीर्घकालीन सहकार्यबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले विकास खर्चको प्रभावकारी व्यवस्थापन र राजस्व परिचालनलाई सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै, गरिबी निवारण र जनताको जीवनस्तर उकास्न बैंकको भूमिकाको प्रशंसा गरे।

रायसरले आगामी बजेटमार्फत परियोजनाहरू समयमै सम्पन्न गर्नुपर्ने कुरामा जोड दिँदै, वातावरणीय मुद्धामा नेपालले देखाएको नेतृत्वको प्रशंसा गरे।

हाल विश्व बैंकले नेपालमा यातायात, ऊर्जा, शिक्षा, स्वास्थ्यसहित १९ क्षेत्रमा करिब २ मिलियन अमेरिकी डलर बराबरको लगानी गरिरहेको छ। भेटमा प्रधानमन्त्रीका सल्लाहकारहरू र बैंकका देशीय निर्देशक पनि सहभागी थिए।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x