×

पोखरा उच्च अदालतमा रवि लामिछानेसहितको ठगी मुद्दा सुनुवाइ पटक–पटक स्थगित, निष्कर्ष अझै अधुरो

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

पोखरा — सूर्यदर्शन सहकारी प्रकरणमा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका प्रतिवादीहरूमाथिको ठगीसम्बन्धी मुद्दा उच्च अदालत पोखरामा विचाराधीन छ। तर प्रतिवादी पक्षबाट पटक–पटक पेशी सार्न माग भएपछि मुद्दा तोकिएको समयमा निष्कर्षमा पुग्न सकेको छैन।

कास्की जिल्ला अदालतले पुस २५ गते लामिछाने र अन्यलाई धरौटीमा रिहा गर्ने आदेश दिएपछि सो आदेशविरुद्ध सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको थियो। त्यसपछिका सुनुवाइहरूमा प्रतिवादीका कानुन व्यवसायीहरूले पटक–पटक स्थगनको निवेदन दिँदै आएका छन्।

उच्च अदालत पोखराका उपरजिस्टार नीलप्रसाद पनेरुका अनुसार प्रतिवादी पक्षबाट अहिलेसम्म ३ पटक पेसी स्थगनको माग परेको छ। कानुनअनुसार अधिकतम २ पटक मात्रै स्थगन गर्न पाइने भए पनि यो मुद्दामा त्यसको उल्लंघन भएको पाइएको छ।

थप जटिलता त्यतिबेला बढ्यो जब लामिछाने पक्षले “विनाजानकारी” बहस अघि बढाइएको भन्दै अदालतमै आपत्ति जनाए। तर अदालतले तिनै पक्षबाट पेसी स्थगनका निवेदन परेकाले, जानकारी दिइनसकेको वा सुनुवाइ लुकाइएको जस्ता दावी आधारहीन भएको प्रष्ट पारेको छ।

उक्त मुद्दामा सुनुवाइ अन्ततः शुक्रबार उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश मिलन राईको संयुक्त इजलासमा सम्पन्न भएको छ। आदेश चाँडै आउने जनाइएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.