३१ वैशाख, काठमाडौं — राजधानीमा सञ्चालनमा रहेका राइड सेयरिङ सेवाहरूले यात्रुहरूबाट असुल्ने मनपरी भाडादर तथा सरकारलाई कर नतिर्ने जस्ता कार्यप्रति प्रतिनिधि सभामा गम्भीर सवाल उठाइएको छ।
बुधबार संसदको बैठकमा नेकपा एमालेका सांसद महेश बस्नेतले इनड्राइभजस्ता एपहरू मार्फत अर्बौंको कारोबार हुँदाहुँदै कर नतिर्ने र उपभोक्ताबाट अत्यधिक भाडा असुल्ने कार्यले राज्यलाई घाटा पुर्याएको बताएका हुन्।
साथै, उनले आन्तरिक उडान सेवा प्रदायकहरू यात्रुहरूलाई घण्टौं कुराएर समेत कुनै जिम्मेवारी नलिने प्रवृत्तिबाट नागरिक हैरान भएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्।