३० वैशाख, काठमाडौं —
विपक्षी दलहरूले लामो समयदेखि रोकिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी ऐन संशोधन विधेयकलाई अघि बढाउन माग गरेका छन् । उनीहरूले अबको क्यालेन्डरमै विधेयक समेट्नुपर्ने भन्दै सभामुखसमक्ष औपचारिक आग्रह गरेका छन् ।
प्रतिनिधि सभाले आगामी जेठ १ देखि १५ गतेसम्मको कार्यतालिका तय गर्ने तयारीमा रहेको छ । सोही सन्दर्भमा सभामुख देवराज घिमिरेले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । छलफल सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको थियो ।
छलफलमा एमालेका महेश वर्तौला, माओवादी केन्द्रका हितराज पाण्डे, रास्वपाका सन्तोष परियार र कांग्रेसबाट सरिता प्रसाईं सहभागी थिए ।
माओवादी सचेतक पाण्डेले संसद्मा अड्किएका महत्त्वपूर्ण विधेयकहरू तत्काल अघि बढाउनुपर्ने आवश्यकता औंल्याए । उनले अख्तियार विधेयक लम्ब्याउनु नागरिकको नजरमा पनि स्वीकार्य नभएको उल्लेख गरे ।
यो विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा पटक–पटक उठिरहेको छ । गत आइतबारको बैठकमा राप्रपाका सांसद बुद्धिमान तामाङले विधेयक किन रोकिएको हो भनेर स्पष्ट पार्न माग गरेका थिए । उनले विधेयकलाई ‘झुन्ड्याएर राख्ने’ प्रवृत्ति बन्द गर्नुपर्ने बताए ।
कांग्रेस सांसद हृदयराम थानी र माओवादी नेता पाण्डे पनि निरन्तर यो विधेयक अघि बढाउन माग गर्दै आएका छन् । तर, सरकारको तर्फबाट आवश्यक पहल नहुँदा समितिमा छलफल नै सुरु हुन सकेको छैन ।
६ माघ २०७६ मा राष्ट्रिय सभामा दर्ता भएको यो विधेयक २७ चैत २०७९ मा पारित भएर प्रतिनिधि सभामा पुगेको हो । ३१ भदौ २०८० मा राज्य व्यवस्था समितिमा पुगेपछि त्यसपछि भने स्थगितजस्तै भएको छ ।
विपक्षी नेताहरूको भनाइमा मन्त्रिपरिषद्को नीतिगत निर्णय अख्तियारको अनुसन्धान क्षेत्रभित्र पर्ने कि नपर्ने भन्ने विवादकै कारण विधेयक अघि बढ्न सकेको छैन ।
यसअघि साथसाथै दर्ता भएको भ्रष्टाचार निवारण सम्बन्धी विधेयक भने दुबै सदनबाट पारित भइसकेको छ । तर, अख्तियार सम्बन्धी संशोधन विधेयक अझै फाइलमै थन्किएको छ, जसलाई लिएर विपक्षीहरूले आवाज चर्काउँदै आएका छन् ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.