×

१० महिनासम्म किन नगिरफ्तार मुख्य ठग? सहकारी पीडितमाथि अन्याय, ठगलाई उन्मुक्ति!

खालीपाना न्युजडेस्क | ९ महिना अगाडि

राजन दाहालको फेसबुक पोस्टमा आधारित  — सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त जि.वी. राईको गिरफतारी माग गर्दै संसदको रोष्टम घेरेर सरकार बनाएका नेताहरूलाई १० महिना बितिसक्दा पनि किन त्यो माग पूरा गर्न नसकिएको भन्ने सवाल गम्भीर बनेको छ।
राजन दाहालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् — “सहकारी ठगी प्रकरणको मुख्य अभियुत्त जि. वी. राईको गिरफतार गर भनेर संसदको रोष्टम घेर्नेहरूको सरकार बनेको १० महिना हुँदा पनि गिरफ्तार किन नगरेको होला। उल्टो ५ लाख सम्मको बचत नेपाल सरकारले फिर्ता गर्ने भन्ने कामरेड प्रचण्ड नेतृत्व सरकारले ल्याएको बजेट कार्यान्वयनमै नलगी वर्ष बिताउने भए। सहकारी पीडितलाई अन्याय। सहकारी ठगलाई उन्मूक्ति।”

सरकारको बजेटमा ५ लाख रुपैयाँसम्मको बचत रकम सरकारले फिर्ता गरिदिने उल्लेख भए पनि, वर्ष दिन बितिसक्दा पनि त्यो घोषणा कार्यान्वयनको चरणमा पुगेको छैन। यसले सरकारको प्रतिबद्धता र सहकारी पीडितप्रतिको संवेदनशीलतालाई प्रश्नचिह्न लगाएको छ।

पीडितहरू अझै न्यायको पर्खाइमा छन्, जबकि मुख्य दोषी खुलेआम हिँडिरहेका छन्। सहकारी ठगहरूलाई कानुनी कारबाहीबाट जोगाउने प्रवृत्तिले सरकारको नियतमाथि समेत शंका उत्पन्न गराएको छ।

राजन दाहालको यो पोस्ट अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ, जसले सरकारलाई अझ चाँडो जवाफदेही बन्न दबाब दिने देखिन्छ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x