×

रुपन्देही कारागारमा भेटिए रवि लामिछाने, मिटरब्याज पीडितलाई दिए धैर्यको सन्देश

खालीपाना न्युजडेस्क | ९ महिना अगाडि

रुपन्देही जिल्ला कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग मिटरब्याज पीडितहरूले सोमबार भेट गरेका छन्।

किसान मजदुर संघर्ष समितिका संयोजक अवदेश कुशवाहाको नेतृत्वमा पुगेको टोलीले लामिछानेसँग पीडितहरूको अवस्था राखेको थियो। भेटका क्रममा पीडितहरूले सरकारबाट बेवास्ता भएको गुनासो राख्दै, आफूहरूको पीडा लामिछानेसँग बाँडेका थिए।

जवाफमा लामिछानेले सबैलाई धैर्य गर्न आग्रह गर्दै भने, “न्याय अवश्य पाइन्छ।” उनले आफूले पनि संघर्षको बाटो हिँडेको उल्लेख गर्दै, “धनी र गरिबबीचको यो लडाइँ लामो हुने गर्छ। देशका लागि बोल्नेहरूलाई थुनिनुपर्ने नियति रहन्छ,” भनेर आशावादी सन्देश दिएका थिए।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x