×

कमेडी नाइट’ ट्रेलरमा पत्रकारविरोधी अभिव्यक्ति, अनलाइन टिभी पत्रकार सङ्घको कडा आपत्ति

खालीपाना न्युजडेस्क | ९ महिना अगाडि

हालै सार्वजनिक भएको कमेडी नाइट विथ च्याम्पेनू कार्यक्रमको एपिसोड ७ को ट्रेलरमा गरिएको पत्रकारविरोधी अभिव्यक्तिप्रति अनलाइन टिभी पत्रकार सङ्घले गम्भीर आपत्ति जनाएको छ।
कार्यक्रमका प्रस्तोता कैलाश कार्कीले ट्रेलरमा पत्रकारप्रति अपमानजनक भाषा प्रयोग गर्दै आफू अनुकूल प्रश्न नगर्नेहरूलाई चप्पलले मुखमा हान्नुपर्नेू अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिले सम्पूर्ण पत्रकार समुदायको गरिमा र पेशागत स्वतन्त्रतामाथि आँच पु¥याएको भन्दै सङ्घले विरोध जनाएको हो।
अनलाइन टिभी पत्रकार सङ्घ का महासचिव पवन फुयालले एक प्रेस विज्ञप्ति जारी गर्दै, उक्त अभिव्यक्ति केवल व्यक्तिगत विचार नभई सम्पूर्ण डिजिटल पत्रकारिता र प्रेस स्वतन्त्रतामाथि कुठाराघात भएको उल्लेख गरेको छ। सङ्घले कार्यक्रमका आयोजक र सरोकारवाला पक्षहरूलाई ट्रेलरबाट आपत्तिजनक अंश हटाउन स्पष्ट मागसमेत गरेको छ।
यदि सो अभिव्यक्ति यथावत् राखिएमा, सङ्घले कानुनी रूपमा प्रतिवाद गर्न बाध्य हुनेछ,विज्ञप्तिमा उल्लेख गरिएको छ।
यस घटनाले अभिव्यक्ति स्वतन्त्रताको नाममा प्रेसमाथि गरिने अवमूल्यन र अवहेलनालाई गम्भीर रुपमा लिनुपर्ने आवश्यकता औँल्याएको छ। पत्रकार सङ्घले यस्ता अभिव्यक्तिहरूले प्रेस र पत्रकारप्रतिको जनविश्वासलाई कमजोर बनाउने भएकाले तत्काल सच्याउन आग्रह गरेको छ

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x