×

पाकिस्तानको गोलाबारीमा भारतीय प्रशासनिक अधिकारीको ज्यान गयो: राजौरीमा बढ्दो तनाव

खालीपाना न्युजडेस्क | ४ दिन अगाडि

जम्मू, वैशाख २६ ।
भारतको जम्मू कश्मीरमा पाकिस्तानबाट भएको पछिल्लो सीमा अतिक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाहले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मार्फत जानकारी दिँदै राजौरी सहरमा पाकिस्तानबाट भएको गोली प्रहारमा एक भारतीय प्रशासनिक अधिकारीको निधन भएको पुष्टि गरेका छन्।

उनले लेखेका छन्, “राजौरीबाट निकै दुःखद समाचार आएको छ। हामीले जम्मू कश्मीर प्रशासनिक सेवामा कार्यरत एक समर्पित अधिकारी गुमाएका छौं। हिजोमात्रै उनी उपमुख्यमन्त्रीसँग भेटघाटमा सहभागी थिए र म अध्यक्ष रहेको एक अनलाइन बैठकमा पनि संलग्न थिए।”

अब्दुल्लाहका अनुसार, पाकिस्तानको तर्फबाट भएको आक्रमणमा राजौरी सहर लक्षित गरिएको थियो। गोली प्रहारको क्रममा अतिरिक्त जिल्ला विकास आयुक्त (ADDC) राजकुमार थापाको निवास सिधै निशानामा परेको थियो। यसै घटनामा उनको ज्यान गएको हो।

राजौरी क्षेत्रमा अहिले सुरक्षाको अवस्था तनावपूर्ण बनेको बताइएको छ। यस घटनाले पुनः सीमा क्षेत्रमा अस्थिरता र द्वन्द्वको सम्भावना बढाएको विश्लेषकहरू बताउँछन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *