×

पाकिस्तानमा रहेका नेपाली विद्यार्थीको उद्धारमा चासो: रास्वपाको संसदमा आग्रह

खालीपाना न्युजडेस्क | ५ दिन अगाडि

काठमाडौं, २६ वैशाख ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भारत र पाकिस्तानबीच बढ्दो तनावले नेपालका नागरिक विशेष गरी पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी असुरक्षित अवस्थामा रहेको भन्दै तत्काल उद्धारको माग गरेको छ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै रास्वपाका सांसद तथा पूर्व शिक्षा मन्त्री शिशिर खनालले पाकिस्तानमा रहेका करिब ८० जना नेपाली विद्यार्थीले उद्धारको लागि सरकारसँग आग्रह गरिसकेको जनाउँदै, तुरुन्त कारबाही थाल्न सरकारलाई आह्वान गरे।

‘यदि भारत–पाकिस्तानबीच स्थिति थप जटिल बन्छ भने, त्यसले सुरक्षा, अर्थतन्त्र र आपूर्ति शृंखलामा असर पार्ने सम्भावना छ। साथै, ती देशहरूमा रहेका नेपाली नागरिकहरूको सुरक्षामा पनि प्रश्न उठ्न सक्छ,’ सांसद खनालले भने, ‘त्यसैले हाल पाकिस्तानमा रहेका विद्यार्थीहरूको सुरक्षित उद्धार गरियोस् र संसदमा सरकारको तयारीबारे विस्तृत जानकारी दिइयोस्।’

खनालले प्रतिनिधिसभामार्फत् सरकारलाई समग्र क्षेत्रीय परिस्थितिको मूल्यांकन गरी स्पष्ट योजना ल्याउन माग गरे। साथै, उनले परराष्ट्र मन्त्रालयले हालै सार्वजनिक गरेको आतंकवाद विरुद्धको धारणा स्वागतयोग्य भएको भन्दै ढिलो भए पनि स्पष्ट अडान लिनु सकारात्मक भएको बताए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *