×

हेटौंडा सिमेन्ट जोगाउन सडकमा आवाज

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

२५ वैशाख, हेटौंडा ।
सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगलाई निजी क्षेत्रलाई सुम्पिने तयारीविरुद्ध हेटौंडामा चर्को विरोध जनाइएको छ।

नेकपा माओवादी केन्द्र मकवानपुरले बिहीबार विरोध प्रदर्शन गर्दै सरकारको निर्णयको विरोधमा आफ्नो असहमति प्रकट गरेको हो। उनीहरूले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै निजीकरण प्रक्रिया तत्काल रोक्न माग गरेका छन्।

मकवानपुरका माओवादी इञ्चार्ज विजय गौतमले उद्योग निजीकरणको नाममा केही सीमित व्यक्तिहरूको स्वार्थ पूरा गर्न खोजिएको आरोप लगाउँदै यस्तो निर्णय राष्ट्रको हितमा नभएको बताए।
‘यो कदम जनताको सम्पत्तिमा दलालहरूको आँखा गाड्ने प्रयास हो,’ गौतमले भने।

ज्ञापनपत्रमा हेटौंडा सिमेन्ट उद्योगलाई आवश्यक प्रविधि, संरचना र जनशक्ति सुधार गरेर नियमित रूपमा संचालन गर्नुपर्ने माग गरिएको छ।

सरकारको पछिल्लो निर्णय उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनपछिको प्रक्रिया हो। सो प्रतिवेदनमा उद्योगको मूल्यांकन गरेर निजी क्षेत्रलाई सेयर बिक्री गर्न सुझाव दिइएको थियो।

उद्योग विगत केही महिनादेखि बन्द अवस्थामा रहँदै आएको छ। आर्थिक अभावका कारण उद्योगले आफ्नो रोप–वे बेचेर सञ्चालनको प्रयाससमेत गरेको थियो।

४८ वर्षअघि स्थापना भएको यो उद्योग समयसापेक्ष मर्मतसम्भार र दक्ष जनशक्तिको अभावका कारण विगत लामो समयदेखि समस्यामा पर्दै आएको हो।
सरकार परिवर्तनसँगै नेतृत्वमा हुने बारम्बारको हेरफेरले पनि यसको स्थायित्वमा नकारात्मक असर पारेको छ।

स्थानीय तहदेखि केन्द्रसम्मको ध्यानाकर्षण गराउँदै माओवादी केन्द्रले हेटौंडा सिमेन्ट निजीकरणको सट्टा, सुधार र पुनःसञ्चालनमा सरकार गम्भीर बन्नु पर्ने माग राखेको छ।


पोष्ट गर्न टिप:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.