बैशाख – २३, अप्टिमिष्ट क्लब अफ डेरी इन्टरप्रेनर्सको आयोजनामा “सामाजिक सञ्जाल र आत्मअनुशासन” विषयमा जनचेतनामूलक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ र संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। क्लबका सचिव प्रस्तुतकर्ता एवं मिडिया विज्ञ सरोज ओझाले स्वागत मन्तव्यसहित “सामाजिक सञ्जाल र आत्मअनुशासन” शीर्षकमा प्रस्तुती दिनुहुँदै आत्मअनुशासनका व्यवहारिक उपायहरू र डिजिटल डिटक्सको अभ्यासबारे जानकारी गराउनुभयो। ओझाले समाजमा मौलाउँदै गएको विकृति रोकथाममा सघाउ पुगोस् भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताउनु हुँदै भन्नुभयो ”हामीले प्रविधिको प्रयोग त गरिरहेका छौं, तर त्यसलाई विवेकपूर्वक र उद्देश्यसहित प्रयोग गर्न सिक्नु आवश्यक छ, समाजमा सामाजिक संजालले निम्त्याउन सक्ने जोखिम, मौलाउँदै गएको विकृति आदिको नियन्त्रण तथा रोकथामका निम्ती हामीले बेलैमा सचेत रहँदै आवश्यक कदम चाल्न उत्तिकै आवश्यक छ ।“ त्यस्तै, अप्टिमिष्ट क्लब इन्टरनेशनल एसिया डिष्ट्रिकका महासचिव ऋषिश्वर थपलियाले युवा पुस्ता सबैभन्दा धेरै प्रभावित वर्ग भएकोले उनीहरूमा आत्मअनुशासनको विकास हुन अत्यावश्यक छ भन्ने कुरा माथि जोड दिनुभयो । उहाँले सामाजिक सञ्जालको सदुपयोग र दुरुपयोगबीचको सन्तुलनबारे चिन्ता व्यक्त गर्दै आत्मअनुशासनको खाँचो औंल्याउनुभयो। साथै उहाँले अप्टिमिस्टिक इन्टरनेशनलको बारे पनि जानकारी गराउनु भयो । अप्टिमिष्ट क्लब इन्टरनेशनल एसिया डिष्ट्रिकका कोषाध्यक्ष विजय सत्यालले आफ्नो भनाई राख्ने क्रममा भन्नुभयो v“ हामीले यदि समय र प्रयोगमा नियन्त्रण राख्न सक्यौं भने सामाजिक सञ्जाल आर्थिक र सामाजिक उन्नतिको साधन बन्न सक्छ” । शिक्षाविद् तथा युरेका स्कूलका प्राचार्य प्रभाकर रिजालले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सामाजिक सञ्जाल लक्ष्य नभई , लक्ष्यमा पुग्न प्रयोग गरिने एक साधन मात्र भएकाले यसलाई सोही अनुरुप प्रयोग गर्नुपर्ने बताउनुभयो । काठमाडौं जेसिजका अध्यक्ष श्याम कुमार घिमिरेले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सामाजिक चेतनाका लागि यस्ता कार्यक्रम आयोजनाले महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्नुहुँदै सबैले सामाजिक सञ्जाल प्रयोग गर्दा बिशेष सावधानी अपनाउन आग्रह समेत गर्नुभयो । कार्यक्रमका सभापति तथा अप्टिमिष्ट क्लब अफ डेरी इन्टरप्रेनर्सका अध्यक्ष प्रल्हाद दाहालले जनचेतनामूलक कार्यक्रमको माध्यमबाट सामाजिक विकृतिलाई रोक्ने प्रयास स्वरुप कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै भन्नुभयो “सामाजिक सञ्जाललाई नियन्त्रणमा राख्न नसके समाजमा गम्भीर प्रभाव पर्न सक्छ भन्ने बोधका साथ जनचेतनामूलक कार्यक्रमको माध्यमबाट सामाजिक विकृतिलाई रोक्ने प्रयास स्वरुप आजको कार्यक्रम आयोजना गरिएको हो ।” साथै उहाँले कार्यक्रमले डिजिटल जीवनशैलीमा सन्तुलन कायम गर्न आवश्यक चेतना फैलाउन सफल हुने पनि उहाँले जनाउनुभयो। कार्यक्रममा अधिवक्ता भद्रमाया दाहालले सामाजिक सँजाल समाजको ऐना भएकाले यसको प्रयोग गर्दा आफनो र अरुको छविलाई धुमिल हुन नदिने तर्फ बिशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सञ्चारकर्मी प्रमिला खतिवडाले संचालकको भूमिका निभाउनुभएको यस कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रिय उपाध्यक्ष दिप प्रसाद धमला, कृषि तथा पशु पंक्षि व्यवसायी संघका अध्यक्ष टिका प्रसाद घिमिरे, नव प्रभात डेरी उद्योगका प्रबन्ध निर्देशक सुरेश शर्मा, दृष्य बहुउदेश्यीय सहकारी संस्थाका सचिव एवं क्लबका उपाध्यक्ष रमेश सन्जेल, समानन्तर ग्रुपका निर्देशक श्रीकृष्ण भण्डारी, नेती डेरी उद्योगका निर्देशक दिपक सन्जेल, नेती बेकरीका निर्देशक हुद्दराज तिमल्सिना, राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य रामभक्त दाहाल लगायतका महानुभावहरु कार्यक्रममा अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.