काठमाडौँ, २३ वैशाख — स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को आगामी शनिबार हुने निर्वाचनका लागि हालका वरिष्ठ उपाध्यक्ष उमेश कुश्वारले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।
विगत एक दशकभन्दा लामो समयदेखि संघमा सक्रिय रहँदै आएका कुश्वारले औपचारिक वक्तव्य जारी गर्दै आफूले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको जानकारी दिएका हुन्। उनले विभिन्न तहमा रहँदै संस्थामा निरन्तर योगदान दिएको र नेतृत्व सम्हालेपछि फेकनलाई अझ प्रभावकारी र अन्तर्राष्ट्रिय पहिचानयुक्त संस्थामा रूपान्तरण गर्न सक्ने विश्वास व्यक्त गरेका छन्।
कुश्वारले आफ्नो कार्यकालमा फेकनले ऐतिहासिक उपलब्धिहरू हासिल गरेको दाबी गरेका छन्। आधुनिक ढंगको वार्षिक साधारण सभा, सदस्यहरूको विकासमा केन्द्रित कार्यक्रम, अन्तर्राष्ट्रिय सहकार्य, र कूटनीतिक समन्वय स्थापना जस्ता गतिविधिहरू उनले प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरेका छन्। साथै, फेकन फुटसल प्रतियोगिता, वृहत पिकनिक र फेकन इतिहाससम्बन्धी पहिलो आधिकारिक भिडियो निर्माण पनि उनले स्मरण गरेका छन्।
अध्यक्षको रूपमा भविष्यको योजनाबारे स्पष्ट दृष्टिकोणसहित उनले नयाँ कार्यक्रमहरू अघि सारेका छन्—जस्तै फेकन एप विकास, डिजिटल कार्यालय स्थापना, शैक्षिक मेला आयोजना, सदस्य बिमा कोष, र विदेशमा निधन भएका विद्यार्थीको शव नेपाल ल्याउने कोष स्थापना।
उनले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आपतकालीन सहायता केन्द्र, फेकन बिजनेस ग्रुप, र नेपालमै अन्तर्राष्ट्रिय शिक्षा सम्मेलन आयोजना गर्ने योजना पनि सार्वजनिक गरेका छन्। महिला सदस्यहरूको प्रभावकारी सहभागिता, सदस्यहरूको क्षमता अभिवृद्धि तालिम, तथा कठिन परिस्थितिमा आर्थिक तथा प्रशासनिक सहयोगको व्यवस्थापन गर्ने योजना पनि उनको प्राथमिकतामा परेको छ।
कुश्वारले फेकनलाई विश्वसनीय, पारदर्शी र सदस्य–केन्द्रित संस्थाको रूपमा निर्माण गर्न सबै सदस्यहरूबाट विश्वास, समर्थन र सहकार्यको अपेक्षा गरेका छन्। आफूलाई सक्षम, इमानदार र नतिजामुखी नेतृत्व दिन सक्ने दाबी गर्दै उनले संस्थाको उज्यालो भविष्यका लागि साथ मागेका छन्।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.