×

फेकन निर्वाचन : उम्मेदवारी दर्ता आज, नेतृत्व चयनको दौड चर्किंदै

खालीपाना न्युजडेस्क | १ हप्ता अगाडि

काठमाडौँ, २३ वैशाख — स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को आगामी शनिबार हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया अघि बढ्दैछ।

निर्वाचन अधिकृत तुलसी काफ्लेले दिउँसो १ बजेदेखि ३ बजेसम्मको समय उम्मेदवारी दर्ताका लागि तोकिएको जानकारी दिएका छन्। उम्मेदवारी दर्ता फेकनको केन्द्रीय सचिवालय, पुतलीसडकमा सम्पन्न हुनेछ।

निर्वाचनको पूर्वसन्ध्यामा आजको दिनलाई निर्णायक चरणको रूपमा लिइएको छ। उम्मेदवारहरूले निर्धारित समयभित्र आफ्नो मनोनयन बुझाउनु पर्नेछ। निर्वाचन समितिका अनुसार सम्पूर्ण प्रक्रिया पारदर्शी, मर्यादित र समयमै सम्पन्न हुने गरी तयारी पूरा गरिएको छ।

पछिल्ला दिनमा सामाजिक सञ्जालमार्फत विभिन्न उम्मेदवारले आफ्नो आकांक्षा सार्वजनिक गर्दै नेतृत्वको दौडलाई तातो बनाएका छन्। आजको दर्तापछि निर्वाचन प्रक्रिया विधिवत् रूपमा अगाडि बढ्नेछ।

निर्वाचन अधिकृत काफ्लेले उम्मेदवार तथा समर्थकहरूलाई समयपालन र अनुशासनको पालना गर्दै प्रक्रिया सम्पन्न गर्न अनुरोध गरेका छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *